देवचुलीमा ५५ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २५ गते १७:५६
देवचुलीमा ५५ जनामा कोरोना संक्रमण

नारायण शर्मा /नवलपरासी
पूर्वी नवलपरासीको देबचुली नगरपालिकामा आइतवार एकै दिन ५५ जना कोरोना संक्रमति थपिएका छन ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आइतवार पोखरा प्रयोगशालावाट प्राप्त रिपोर्टमा देबचुली नगरपालिकामा स्वाब परिक्षण गरिएका १ सय ६४ जना मध्ये ५५ जनामा कोरोना संक्रमण देखिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई समेत कोरोना संक्रमण देखिएको छ । पूर्वी नवलपरासीमा कोरोना संक्रमण देखिने देवचुली पहिलो नगरपालिका हो र धेरै संक्रमित भएको नगरपालिका पनि देबचुली हो ।

देवचुलीमा आइतवार सम्म २ सय ३७ जना संक्रमति भैसकेका छन ।

 

प्रकाशित : २०७७ असोज २५ गते १७:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI