१९ वर्षीय विक्रमप्रसादको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २५ गते २१:३३
१९ वर्षीय विक्रमप्रसादको मृत्यु
File photo

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको एउटा भाले हात्तीको आइतबार मृत्यु भएको छ । निकुञ्जको बेलसहर पोष्टमा रहेको १९ वर्षीय हात्तीको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

बाल्यकालदेखि नै बिरामी विक्रमप्रसादमा क्षयरोगको सङ्क्रमणसमेत रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए । बिहीबार एक्कासि बिरामी परेको हात्तीको उपचारका क्रममा मृत्यु भएको हो ।

विक्रमप्रसादको हिन्दू धार्मिक परम्परानुसार अन्त्येष्टि गरिएको रामको भनाइ छ । चालु आर्थिक वर्ष २०७७÷०७८ मा चितवन राष्ट्रिय निकुञ्जका तीन हात्तीको मृत्यु भएको छ । रासस/File Photo

प्रकाशित : २०७७ असोज २५ गते २१:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI