प्रेमी सँग मिलेर श्रीमानको हत्या गर्ने महिला र प्रेमी दुबै जना कारागार चलान

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २६ गते १४:५३
प्रेमी सँग  मिलेर श्रीमानको हत्या गर्ने महिला र प्रेमी दुबै जना कारागार चलान

कावासोती । प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या आरोपमा श्रीमती र महिलाकी प्रेमीलाइ कारागार चलान गरिएको छ ।

पूर्वी नवलपरासी गैडाकोट नगरपालिका वडा नं. १८ हुर्चिल बस्ने धन बहादुर सुगुरपाक मगरको हत्या अभियोगमा संलग्न   श्रीमती फुल माया सुगुरपाक मगर र उनकी प्रेमी गैडाकोट वडा नं १८ बस्ने मेख वहादुर सुनारीमगरलाई  आज ( सोमबार ) नवलपुर जिल्ला अदालतलले कारागार चलान गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरि मुद्दा चलाईएकोमा सोमबार नवलपुर जिल्ला अदालतले पुर्पक्षको लागी कारागार चलान गर्ने आदेश दिएको हो  । कारागार चलान गर्ने आदेश आए संगै हत्यामा संलग्न दुवै जनालाई कारागार कार्यालय परासी पठाईएको जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रहरी नायव उपरिक्षक मोहन बहादूर खाणले  जानकारी दिनु भयो  ।

२०७६ असार २० गते राती १२ बजे श्रीमान धन बहादुर सुगुरपाक मगरको उनकी  श्रीमती फुलमाया सुगरपाक मगर र मेख वहादुर सुनारीमगर मिलेर हत्या गरेको प्रहरीले जनाएको छ ।  हत्यामा संलग्न दुवै जनालाई ईलाका प्रहरी कार्यालय गैडाकोटले १४ महिना पछि गत भाद्र २९ गते नियन्त्रणमा लिएको थियो ।

 

प्रकाशित : २०७७ असोज २६ गते १४:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI