अवैध खोलाजन्य सामाग्री बोकेका ९ ट्रयाक्टर पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २६ गते २०:२७
अवैध खोलाजन्य सामाग्री बोकेका ९ ट्रयाक्टर पक्राउ

कावासोती । पूर्वि नवलपरासीमा नदि जन्य पदार्थ उत्खनन, चोरी तस्करी गर्दै गरेका ९ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । विनयी त्रिबेणी गाँउपालिका वडा नं.१ र ४ मा रहेको विनयी खोला बाट अबैध रुपमा खोला जन्य पदार्थ उत्खनन तथा चोरी तस्करी गर्दै गरेको अवस्थामा नौ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

डिएसपी मोहन बहादुर खाँणले ईलाका प्रहरी कार्यालय दुम्किबास बाट खटीएको प्रहरी टोलीले ती सवारीसाधन नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

प्रहरीका अनुसार लु ३ त ७०४५, लु ४ त २८८१, लु ३ त ४०८१, लु ३ त १७७२, ना ४ त ९०७०, लु ३ त६९५३, लु ३ त ४७७५, ना ७ त ११३१, लु२ त ९६०७  नम्बरका ट्रयाक्टर पक्राउ परेका हुन ।

पक्राउ परेका सवारीलाई कानुनी कार्बाहीको लागी बिनयी त्रिबेणी गाँउपालिका कार्यालयमा पठाइएको छ । पछिल्लो समय नवलपुरमा नदिजन्य पदार्थ उत्खनन गर्ने गिरोह सल्वलाएको छ ।

प्रकाशित : २०७७ असोज २६ गते २०:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI