No ads found for this position

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २६ गते २१:२९
No ads found for this position
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
No ads found for this position

गण्डकी प्रदेशसभाको चालु छैठौं अधिवेशन आजदेखि अन्त्य भएको छ ।    प्रदेशसभाको आजको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकार मन्त्रीपरिषद्को सिफारिसमा चालु अधिवेशन आजै रातको १२ : ०० बजेदेखि अन्त्य गर्नुभएको पत्र पढेर सुनाए ।

यस अघि बैठकमा प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्वा गुरुङले चालु अधिवेशनले बजेट ल्याउनुका साथै विभिन्न १४ वटा विधेयक पारित गरेको जानकारी गराए । प्रदेशको समृद्धिका लागि सरकार क्रियाशिल रुपमा लागि परेको बताउँदै उनले लक्षित कार्यक्रम सम्पन्न गर्नेतर्फ निरन्तर क्रियाशिल बनेको उल्लेख गरे । पार्टीहरू सत्ता वा प्रतिपक्ष सबल भएमा लोकतन्त्र बलियो बन्ने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले पार्टीहरू सुदृढ बन्दै गएमा जनताले पनि सुख पाउने बताए ।

संस्थागत, संरचनागत सुदृढीकरणसँगै आर्थिक समृद्धितर्फ लाग्नुपर्नेमा मुख्यमन्त्रीको जोड थियो । बहुवर्षीय आयोजनाका कारण शुरुमा पेश्की दिनुपर्ने र काम सम्पन्न भैनसक्ने अवस्थाका कारण प्रदेशमा बेरुजुको अवस्था बढी देखिएको उनले बताए । कोरोना महामारीसँग नेपाल नहारेको बताउँदै मुख्यमन्त्री गुरुङले संघ, प्रदेश र स्थानीय तहको संयुक्त प्रयासमा यसको रोकथाम र नियन्त्रणमा सफलता प्राप्त भएको बताए ।

वर्तमान सरकारले लिम्पियाधुरा लगायतका स्थानमा सुरक्षा जाँच पोष्टहरू स्थापना गरेको उल्लेख गर्दै उनले सरकारले सार्वभौमिकताका लागि महत्वपूर्ण पहल गरेको बताए । कुटनीतिक संवादका माध्यमबाट सीमा लगायतका समस्या समाधान गर्नुपर्ने उनले धारणा राखे ।

वर्तमान सरकारले शुन्यबाट काम शुरु गरेको बताउँदै उनले अत्यावश्यक संरचनाको व्यवस्थाका लागि संरचना निर्माणका साथै जनशक्तिमा खर्च भए पनि फजुल खर्च नगरिएको स्पष्ट पारे ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले कोरोना महामारीले  अवस्था भयावह बनेको बताए । अस्पतालहरूमा कोरोनाका बिरामी राख्ने अवस्था नभएको बताउँदै उनले यसको व्यवस्थापन सरकारले गर्न नसकेको बताए । भेन्टीलेटर एवम् आइसोलेशन बेडको अभावको अवस्था आएको बताउँदै उनले  यसले कठिन अवस्था सिर्जना गरेको बताए ।

गण्डकी प्रदेशमा विगतमा पर्ने गरेका अप्ठेरामा सत्ता र प्रतिपक्षबीच एकता कायम गर्दै अघि बढीएको उनको भनाइ थियो । राष्ट्रियताका सन्दर्भमा पार्टीबीच एकता कायम हुनुले सकारात्मक सन्देश दिएको बताउँदै उहाँले गुमेका भूभागलाई कुटनीतिक संवादका माध्यमबाट ल्याउनुपर्नेतर्फ सरकार लाग्नुपर्ने बताए ।

लगभग दुई तीहाई बहुमतको वर्तमान सरकारबाट जनताले धेरै अपेक्षा गरेपनि त्यो पूरा हुन नसकेको बताउँदै उनले यसले संघीय व्यवस्थाप्रति वितृष्णा आउने अवस्था सिर्जना हुँदै गएको उल्लेख गरे । बलात्कार, जातीय छुवाछुत जस्ता घटना २१ औं शताव्दीको युगमा लज्जास्पद कुरा भएको भएको उनको भनाइ थियो ।

राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रदेशसभा सदस्य कृष्ण थापाले अहिलेको अधिवेशनमा निर्वाचन क्षेत्र र जनताका समस्यामा गहन छलफल गरिए पनि अझै ती समस्यालाई समाधान गर्न नसकिएको बताए । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्र राज्यले पूर्ण रुपमा जिम्मेवारी लिन नसकेको बताउँदै उनले महङ्गी, भ्रष्टाचारजस्ता  घटना दिन प्रतिदिन बढीरहेको उल्लेख गरे ।

जनता समाजवादीका तर्फबाट प्रदेशसभा सदस्य हरिशरण आचार्यले देशमा भ्रष्टाचार दिनानुदिन बढीरहेको बताए । कोरोनाको प्रक्रियामा भष्टाचार भएको बताउँदै उनले जनताले उपचारका बेलामा भेन्टीलेर र आइसियु नपाउने अवस्था सिर्जना भएको बताए ।

प्रकाशित : २०७७ असोज २६ गते २१:२९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI