बंगलादेशले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनायो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २६ गते २२:३७
बंगलादेशले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनायो

एजेन्सी, २६ असोज । बंगलादेशले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन पारित गराएको छ । सोमबार भर्चुआमाध्यमबाट बसेको मन्त्रिपरिषद बैठकले बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पारित गरेको हो।

 

यसअघि बंगलादेशमा महिला तथा बालिकाहरुमा दर्व्यवहारका घटना उच्च बढेपछि नागरिक स्तरबाट कडा कानूनको माग उठेको थियो । त्यस्तै बंगलादेका नागरिकहरुले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने कानून संशोधन गराउन माग गर्दै आन्दोलनसमेत चर्काएका थिए ।

कोरोना महामारीकाबीच बसेको आजको मन्त्रिपरिषद बैठकले महिला तथा बालबालिका शोषण रोकथाम विधेयकमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाएर पारित गरेको हो ।

प्रकाशित : २०७७ असोज २६ गते २२:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI