No ads found for this position

रोकिएन गैडाको प्राकृतिक मृत्यु : फेरि अर्को गैडा मृत फेला

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २७ गते ८:५२
No ads found for this position
रोकिएन गैडाको प्राकृतिक मृत्यु : फेरि अर्को गैडा मृत फेला
A female rhino died in the Setidevi Community Forest on Saturday, July 23, 2016. Photo: Tilak Ram Rimal.
No ads found for this position

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको मुख्य क्षेत्र मानिने पश्चिम सेक्टरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयीत्रिवेणी गाउँपालिकास्थित भेलौजी (कठौना) मा सोमबार सडेको अवस्थामा एउटा मृत गैँडा फेला परेको हो ।

करिब ३०–३५ वर्षको भाले गैँडा कठौनास्थित नारायणी नदी किनारमा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । मृतक गैँडाको प्रकृति हेर्दा करिब एक महिना अगाडि मरेको हुनसक्ने निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अशोक रामले बताए ।

सडेको अवस्थामा भेटिएको मृत गैँडा अर्को भाले गैँडासँग जुधेर घाइते भएपछि मरेको हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ । मृत गैँडाको खाग र खुर भने सुरक्षित रहेको बताइएको छ ।

चालू आर्थिक वर्ष २०७७–७८ को साउनयता निकुञ्जमा नौवटा गैँडाको मृत्यु भइसकेको छ भने असोज महिनामा मात्रै छवटा गैँडा मृत भेटिएका छन् ।

गैँडाको प्राकृतिक मृत्युदर बढ्न थालेपछि यसबारे अध्ययन गर्ने तयारी भइरहेको निकुञ्जका सूचना अधिकारी रामले बताए ।-File Photo

प्रकाशित : २०७७ असोज २७ गते ८:५२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI