No ads found for this position

नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ६६३ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २७ गते २०:४८
No ads found for this position
नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या  ६६३ पुग्यो
zj Joj:yfkg kf]v/f, @% ;fpgM sf]/f]gf ;ªqmldtaf6 d[To' ePsf kf]v/f dxfgu/kflnsf– !( sf ^@ jifL{o k'?ifsf] zj kf]v/f, dxfgu/–#@ dh'jfl:yt /ftf]klx/f] 3f6df Joj:yfkg ug]{ qmddf g]kfnL ;]gf . tl:a/M /flwsf sF8]n÷/f;;
No ads found for this position

काठमाडौँ । देशभर कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मंगलबार १८ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संक्रमणबाट १८ जनाको निधन भएको जानकारी दिए ।

योसँगै अहिलेसम्म ६६३ जना संक्रमणबाट निधन भइसकेका छन् । नेपालमा संक्रमणमध्ये मृत्युदर ०.६ प्रतिशत रहेको छ ।

यस्तै मृत्यु प्रतिदश लाख (संक्रमण) मा २२.७ जनामा रहेको छ । मंगलबार तीन हजार ५५६ जनामा संक्रमण देखिएको थियो भने एक हजार ५०३ जना डिस्चार्ज भइ घर फर्किसकेका छन् ।

 शून्य संक्रमित भएको जिल्ला मनाङ मात्र रहेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ५०० भन्दा बढी संक्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौँ, भक्तपुर, चितवन, दाङ, बाँके र रुपन्देही रहेका छन् ।

प्रकाशित : २०७७ असोज २७ गते २०:४८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI