चेपाङ युवाको हत्या आरोपी सैनिक जवान थुनामा

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २८ गते ८:१४
चेपाङ युवाको हत्या आरोपी सैनिक जवान थुनामा

चितवन, २८ असोज । चितवनको राप्ती नगरपालिका–२ का राजकुमार चेपाङलाई कुटपिट गरेर मारेको अभियोग लागेका एक सैनिक जवानलाई जिल्ला अदालत चितवनले पुर्पक्षमा लागि थुनामा पठाएको छ ।

जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार नेपाली सेनाका जवान चिरणकुमार बुढालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

घोंगी खोज्न भन्दै राजकुमारसहित ५ जना युवा गत साउन १ गते चितवन राष्ट्रिय निकुञ्जभित्र पुग्दा सेनाले नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको र कुटपिटकै कारण उनको मृत्यु भएको आरोप ती सैनिक जवानलाई लागेको छ ।

कुटपिट गरिएको ८ दिनपछि राजकुमारको मृत्यु भएको थियो ।

उनका परिवारको उजुरीका आधारमा राजकुमारलाई कुटपिट गर्ने सैनिक जवान चिरणकुमार बुढालाई असोज ४ गते प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित : २०७७ असोज २८ गते ८:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI