हत्या भएको ३० वर्षपछि दोषी पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २८ गते २१:२६
हत्या भएको ३० वर्षपछि दोषी पक्राउ

जयमंगल प्रसादको हत्यामा दोषी ठहरिएका श्यामकुमार कुशवाहा पक्राउ।
बारा जिल्ला अदालतले कुशवाहालाई १० वर्ष कैद सजाय सुनाएको थियो।

 

काठमाडौं। बाराको सिम्रौनगढ नगरपालिका-६ का जयमंगल प्रसादको हत्यामा दोषी ठहर गरिएका व्यक्ति ३० वर्षपछि पक्राउ परेका छन्।
पक्राउ परेकामा श्यामकिशोर प्रसाद कुशवाहा रहेका छन्। उनी बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर-७ (साविक अतृगंज गा.वि.स. वडा नम्बर–७ ) का हुन्।

 

२०४४ भदौ १२ गते उनले जयमंगलको हत्या गरेका थिए। जिल्ला अदालत बाराले २०४७ असोज २८ गते हत्यामा दोषी ठहर्‍याउँदै १० वर्ष कैद सजायको फैसला सुनाएको थियो।

 

उनी प्राय: भारतमा लुकिछिपी बस्दै आएका थिए। २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार बिहान सीमावर्ती क्षेत्रबाट  उनलाई पक्राउ गरेको हो।

प्रकाशित : २०७७ असोज २८ गते २१:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI