सानिमा जनरल इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुने

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २९ गते ८:२२
सानिमा जनरल इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुने

सानिमा जनरल इन्स्योरन्स कम्पनी लिमिटेडको आईपीओ असोज ३० गते शुक्रवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले बिहीवार प्रि अलोटमेण्ट गरेर शुक्रबार बाँडफाँटको तयारी रहेको जानकारी दिएको हो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ३० लाख कित्तामध्य १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएर बाँकी २७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो । कम्पनीले असोज २१ देखि २५ गतेसम्म सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत शेयर विक्री गरेको हो ।

यस कम्पनीको आईपीओ खरिदका लागि ८ लाख ८३ हजार ६२३ जना आवेदकबाट १ करोड ९० लाख १२ हजार ३४० कित्ताको लागि आवेदन परेको छ । जुन मागभन्दा ६ दशमलव ९६ गुणा बढी हुन आउँछ । हाल  ७० करोड रुपैयाँ चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ पश्चात चुक्तापूँजीरू. १ अर्ब रुपैयाँ पुग्नेछ । यस कम्पनीको प्रतिशेयर आम्दानी  २ दशमलव ६६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १०६ दशमलव ३९ रुपैयाँ रहेको छ ।

प्रकाशित : २०७७ असोज २९ गते ८:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI