No ads found for this position

उच्च अदालतका ८४ न्यायाधीशको सरुवा

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २९ गते ८:३९
No ads found for this position
उच्च अदालतका ८४ न्यायाधीशको सरुवा
No ads found for this position

न्याय परिषद्ले उच्च अदालतका ८४ जना न्यायाधीशको सरुवा गरेको छ । बुधबार बसेको परिषद्को बैठकले न्यायाधीश सरुवाको निर्णय गरेको हो । दुई वर्षभन्दा बढी एकै अदालतमा कार्यरत तथा केही काज मिलान हुने गरी न्यायाधीश सरुवा भएको छ । साउनको दोस्रो सातासम्म नै उच्च अदालतका न्यायाधीश सरुवाको परम्परा भए पनि यो पटक कोरोना कहरका कारण ढिलाइ भएको हो । जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा पनि केही दिनअघि भएको थियो ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले न्यायाधीशको सरुवा नियमित प्रक्रिया अनुसार भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अधिकांश एकै अदालतमा दुई वर्ष कार्यकाल पूरा गरेका न्यायाधीश हुनुहुन्छ । केहीमा भने व्यावहारिक पाटो पनि हेरिएको छ ।”
परिषद्को निर्णय अनुसार उच्च अदालत जनकपुरको राजविराज इजलासमा कार्यरत प्रकाशचन्द्र गजुरेललाई उच्च अदालत जनकपुरमा नै सरुवा गरिएको छ । यस्तै उच्च अदालत पाटनमा कार्यरत तेजबहादुर कार्कीलाई उच्च अदालत दिपायलको महेन्द्रनगर इजलास सरुवा गरिएको छ ।

उच्च अदालत पाटनको हेटौँडा इजलासमा कार्यरत विष्णुदेव पौडेललाई सोही इजलासमा कामकाज गर्ने गरी सरुवा गरिएको छ । यस्तै उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा काजमा कार्यरत पवनकुमार शर्मालाई पनि नेपालगञ्जमै यथावत् राखिएको छ ।

सुर्खेतबाट न्यायाधीश विनोद शर्मालाई पाटन ल्याइएको छ । वीरगञ्ज इजलासमा कार्यरत डिल्लीराज आचार्यलाई राजविराज सरुवा गरिएको छ । बुटवल इजलासमा काजमा कार्यरत बाबुराम रेग्मीलाई सोही इजलासमा कायम राखिएको छ । विशेष अदालत काठमाडौँको अध्यक्षमा कार्यरत शिवराज अधिकारीलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सरुवा गरिएको छ ।

यस्तै न्यायाधीश किशोर सिलवाललाई पोखरामा नै यथावत् राखिएको छ । सिलवाल उच्च अदालत पोखरामा नै काजमा हुनुहुन्थ्यो । यस्तै न्यायाधीश प्रेमराज कार्कीलाई दिपायल, मुहम्मद साविर हुसेनलाई हेटौँडा, थीरबहादुर कार्कीलाई ओलखढुङ्गा सरुवा गरिएको छ । यस्तै शाराङ्गा सुवेदीलाई वीरगञ्ज, रत्नबहादुर बागचन्दलाई विराटनगर सरुवा गरिएको छ । यस्तै लेखनाथ घिमिरे र प्रभाव बस्नेतलाई जनकपुर सरुवा गरिएको छ ।
यस्तै न्यायाधीश रमेशप्रसाद राजभण्डारीलाई पोखरा, राजेन्द्र सुवेदीलाई सुर्खेत सरुवा गरिएको छ । विशेष अदालत काठमाडौँको सदस्य रहनुभएका कृष्ण गिरीलाई राजविराज सरुवा गरिएको छ । महेश शर्मा पौडेल र अच्युत विष्टलाई पाटन ल्याइएको छ । यस्तै अग्नि थपलियालाई बुटवल सरुवा गरिएको छ ।

यस्तै रावेन्द्र खरेललाई सुर्खेत, ठाकुरप्रसाद शर्मालाई ओखलढुङ्गा सरुवा गरिएको छ । पाटनमा कार्यरत टेकनारायण कुँवरलाई दिपायल सरुवा गरिएको छ । विशेष अदालतका चन्द्रबहादुर सारुलाई राजविराज सरुवा गरिएको छ । धीरबहादुर चन्दलाई महेन्द्रनगरबाट जनकपुर ल्याइएको छ । यस्तै न्यायाधीश विपुल न्यौपानेलाई पाटन ल्याइएको छ । पाटनमा कार्यरत नातीबाबु लामिछानेलाई जुम्ला सरुवा गरिएको छ ।

विशेष अदालतका सदस्य डा. रवि शर्मा अर्याललाई राजविराज र साधुराम सापकोटालाई वीरगञ्ज सरुवा गरिएको छ । श्यामजी प्रधानलाई ओखलढुङ्गा पठाइएको छ । यस्तै बबिता उप्रेती र दुर्गाबहादुर विश्वकर्मालाई पाटन ल्याइएको छ । यस्तै न्यायाधीशहरू दीपेन्द्रबहादुर बम, महेन्द्रनाथ उपाध्याय, महम्मद जुनैद आजाद, विमल ज्ञवाली, नरिश्वर भण्डारी र किरणकुमार पोखरेललाई पनि पाटन ल्याइएको छ । पाटनमा कार्यरत राजन भट्टराईलाई विराटनगर पठाइएको छ । गोरखापत्रबाट

प्रकाशित : २०७७ असोज २९ गते ८:३९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI