‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ३० गते १६:४९
‘बलात्कारी संगठन’ नामक फेसबुक  ग्रुप चलाउने पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप खोलेर बलात्कारलाई प्रशय दिने गरी लेख्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
साइबर अपराध ब्यूरोले स्थानीय प्रहरीसँगको समन्वयमा प्युठानका १९ वर्षीय नवीन बस्नेतलाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याइँदै गरेको ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले बताए ।

प्रहरीले यसअघि नै सो ग्रुपमाथि अनुसन्धान अघि बढाएको थियो । बलात्कार जस्तो जघन्य अपराध बढिरहेको बेला सामाजिक सञ्जालमा ग्रुप नै खोलेर बलात्कारसम्बन्धी पोष्ट गर्नेलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउनुपर्ने आवाज उठेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

उनीमाथि विद्युतीय कारोबार ऐन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ असोज ३० गते १६:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI