कोरोनाबाट मृत्यु हुनेको संख्या ७१५ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ३० गते १६:५४
कोरोनाबाट मृत्यु हुनेको संख्या ७१५ पुग्यो

नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७१५ जना पुगेको छ । गत २४ घण्टामा कोरोना भाइरसबाट थप २१ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या ७१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३३६ र होम आइसोलेशनमा  २५ हजार ४६ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकोउनले जानकारी दिए । यससँगै कोरोना संक्रमितको कुल संख्या १२६,१३७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३,५२२ जना संक्रमित निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ । हालसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर भइसकेको छ।

प्रकाशित : २०७७ असोज ३० गते १६:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI