प्राकृतिक चिकित्सालय रजहरको आईसोलेसनका थप ३८ जना कोरोना संक्रमण मुक्त

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ३० गते १८:४५
प्राकृतिक चिकित्सालय रजहरको आईसोलेसनका थप ३८ जना कोरोना संक्रमण मुक्त

कावासोती । नवलपुरको रजहरमा रहेको प्राकृतिक चिकित्सालयको आईसोलेसन बाट थप ३८ जना कोरोना संक्रमितले कोरोनालाई जितेर संक्रमण मुक्त भएका छ्न ।

संक्रमणमुक्त हुने हरुमा जिल्लाको विनयी त्रिवेणि गाउँपालिकाका १ जना पुरुष , देवचुली नगरपालिकाका ११ पुरुष र ३ महिला गरि १४ जना, कावासोती नगरपालिकाका २ पुरुष र ३ महिला गरि ५ जना, हुप्सेकोट गाँउपालिकाका १ जना पुरुष , गैंडाकोट नगरपालिकाका ७ पुरुष र १ महिला गरि ८ जना, बौदीकाली गाँउपालिकाका ३ पुरुष र १ महिला गरि ४ जना, बुलिङटार गाँउपालिकाका २ जना पुरुष , गुल्मी घुरकोट गाँउपालिकाका १ जना पुरुष , रौतहट नगरपालिकाका १ जना महिला , र रुपन्देहीका १ जना पुरुष रहेका अस्पतालका निर्देशक डाक्टर विनोद पौडेलले जानकारी दिए ।

डाक्टर पौडेलका अनुसार यो सँगै चिकित्सालयको आईसोलेसन बाट निको भएर घर फर्किनेको संख्या ६४४ पुगेको छ्न भने ५३ जना संक्रमित आईसोलेसनमा उपचारत रहेका छ्न ।

 

प्रकाशित : २०७७ असोज ३० गते १८:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI