शिक्षकको टाउको काटी हत्या

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १ गते ७:३४
शिक्षकको टाउको काटी हत्या

एजेन्सी । फ्रान्सको राजधानी पेरिस नजिकै एक शिक्षकको टाउको काटी हत्या भएको छ ।

आक्रमणकारीको प्रहरीको गोली लागेर मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटना पूर्व हत्या भएका शिक्षकले आफ्ना विद्यार्धीलाई पैगम्बर मोहम्मदको विवादास्पद कार्टून देखाएका थिए ।

स्थानीय समय अनुसार शुक्रबार बेलुका पाँच बजेतिर घटना भएको हो । स्कूल नजिकै उनको हत्या भएको प्रहरीले जनाएको छ । सो घटनालाई आतंकवादी आक्रमणका रुपमा लिएर अनुसन्धान भइरहेको छ ।

राष्ट्रपति इम्यानुएल म्याक्रोँले घटनास्थलको निरीक्षण गरेका छन् । उनले सो घटना इस्लामिक आतंकवादी आक्रमण रहेको बताए ।

वाक स्वतन्त्रताबारे पढाएकै कारण शिक्षकको हत्या भएको म्याक्रोँको भनाई छ । शिक्षकको नाम खुलाइएको छैन ।

प्रकाशित : २०७७ कार्तिक १ गते ७:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI