कोरोना महामारी र विपदमा सेनाको भूमिका प्रशंसायोग्य : प्रधानमन्त्री

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २ गते १८:१४
कोरोना महामारी र विपदमा सेनाको भूमिका प्रशंसायोग्य : प्रधानमन्त्री
k[tgfklt ;Dd]ng sf7df8f}F, @ sflQs M g]kfnL ;]gfsf] k[tgfklt ;Dd]ngnfO{ cfOtaf/ er'{cn?kdf ;Daf]wg ub{} k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/ ;f}hGo M k|wfgdGqLsf] lghL ;lrjfno÷/f;;

काठमाडौं, २ कार्तिक । प्रधानमन्त्री केपी ओलीले कोभिड–१९ विरुद्धको राष्ट्रिय लडाइ र विपदका घटनामा नेपाली सेनाले निर्वाह गरेको भूमिका प्रशंसायोग्य भएको बताएका छन् ।

विदेशबाट हवाई र स्थलमार्ग हुँदै स्वदेश फिर्ता हुने नेपालीहरुको व्यवस्थापन, क्वारेन्टिन र आइसोलेसन सेन्टरहरुको व्यवस्थापन, कोभिड–१९ सम्बन्धमा विभिन्न माध्यमबाट गर्दै आएको जनचेतना अभिवृद्धि लगायत नेपाली सेनाले गरेको कामको प्रधानमन्त्रीले प्रशंसा गरेका हुन् ।

‘केन्द्रदेखि प्रदेश र स्थानीय सरकारहरुलाई पुर्‍याएको सहयोगको म मुक्तकण्ठले प्रशंसा गर्दछु । यस्तै कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका नागरिकको अन्तिम संस्कार गर्ने सैनिक जवानहरुको कार्यको पनि नेपाल सरकार उच्च प्रशंसा गर्दछ,’ प्रधानमन्त्री ओलीले जनाएका छन् ।

आइतबार जंगी अड्डामा आयोजित पृतनापति समन्वयात्मक बैठकको उद्घाटनको अवसरमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । प्रधान सेनापति, रक्षा सचिव, बलाधिकृत एवं निमित्त बलाध्यक्ष, आठवटै पृतनाका पृतनापतिहरु र अन्य रथीबृन्द तथा अधिकृतहरु सामेल उक्त समारोहलाई प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सम्बोधन गरेका हुन् ।

’सायद समयमै सेनाले यस कार्यलाई सहर्ष कार्यान्वयन गर्ने कार्य सुरु नगरेको भए यसमा थुप्रै अप्ठ्याराहरु सामना गर्नुपर्ने अवस्था सिर्जना हुन सक्थ्यो । यसैगरी कठीन भूगोल र प्रतिकूल मौसमका बावजुद छोटो अवधिमा नै दार्चुला जिल्लाको छाङ्रुमा घोडेटो बाटो पनि नेपाली सेनाले निर्माण सम्पन्न गरी हालै हस्तान्तरण गरेको छ,’ प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

उनले अघि थपेका छन्, ’सेनाको इतिहास जति गर्विलो छ, यसको वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय छ । सरकार प्रमुखका हैसियतले नेपाली सेनाका सम्पूर्ण जवानहरुको कर्तव्यपरायणता, राष्ट्रप्रतिको बफादारिता, देशभक्ति र समर्पण मेरो लागि पनि गर्वको विषय हो ।’

प्रधानमन्त्रीले आफ्नो कार्यकालको तीन वर्षको अवधिमा सेनाको कार्यसम्पादन उत्साहजनक रहेको बताएका छन् । साथै नेपाली सेनाले गरेका राष्ट्रिय महत्व बोकेका कामको पनि उनले प्रशंसा गरे । यस्तै कोरोना महामारीको वर्तमान परिस्थितिमा नेपाली सेनाले लिएको पहलकदमीको प्रशंसा गर्दै ओलीले धन्यवाद समेत दिए ।

साथै कोभिड–१९ महामारीको परिस्थितिमा सुधार भई थप बजेट निकासा गर्न सकिने सम्भावना रहेको पनि उनले बताए । यस्तै सेनाका सकल दर्जामा नयाँ ऊर्जा हासिल भएको र अब सेनामा सुधार हुने आशा पलाएको आफूले अनुभूत गरेको उनको भनाइ थियो ।

कोभिड–१९ रोकथाम, प्रतिकार्य र नियन्त्रणको कार्य तथा बाढी, पहिरो र डुबानजस्ता विपद्को अवस्थामा निर्वाह गर्दै आएको भूमिका तथा सिन्धुपाल्चोक जिल्लामा हालै स्थानीय जनताको सुरक्षाको लागि सम्पन्न ‘अपरेसन नाम्फा जोगाउ’ को सफलताको लागि पनि प्रधानमन्त्रीले सरकारको तर्फबाट उच्च मूल्याङ्कन गरेको बताए ।

प्रकाशित : २०७७ कार्तिक २ गते १८:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI