मन्दिरमै ‘खिइयो’ २ किलो सुन

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक ३ गते ८:२७
मन्दिरमै ‘खिइयो’ २ किलो सुन

काठमाडौं, कार्तिक ३ । पाशुपत क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको मूर्तिमा प्रयोग गरिएको सुन एक सय ७३ तोला कम पाइएको छ ।

अष्टदलमा तीन सय ७९ तोला र भैरवमा तीन सय ३४ तोला थियो । अष्टदलमा ८५ र भैरवमा ८८.५ (जम्मा १७३.५) तोला कम भएको पाइएको हो ।

पशुपति क्षेत्र विकास कोषले २ वर्षअघि नै यसबारे थाहा पाएर सोध्दै गुह्यश्वरीका पुजारीलाई पत्राचार गरेको थियो । तर, लामो समय त्यसलाई गुपचुप राखियो । कोषका पदाधिकारीलाई घटस्थापनाका दिन बर्षेनि गरिने पर्वपूजामा यसपटक पुजारीले रोके ।

त्यससँगै सुन हराएको प्रसंग पुनः खोतलिएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

प्रकाशित : २०७७ कार्तिक ३ गते ८:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI