No ads found for this position

नवरात्रिको तेस्रो दिनः माता चन्द्रघण्टाको पुजा गरिदै

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक ३ गते ९:४०
No ads found for this position
नवरात्रिको तेस्रो दिनः माता चन्द्रघण्टाको पुजा गरिदै
No ads found for this position

नवरात्रिको तेस्रो दिन माता चन्द्रघण्टाप्रति समर्पित छ । चन्द्रघण्टा देवीको निधारमा अर्धचन्द्र रहेको छ । यसैकारण यी देवीलाई चन्द्रघण्टा देवी नाम राखिएको हिन्दु धर्ममा उल्लेख छ । चन्द्रघण्टा देवीलाई दुर्गा माताकोे शिवदूती स्वरुप भनिन्छ ।

भगवतीको यो स्वरुपको बाहन सिंह हो । र दश हात मानिन्छ जुन हातहरुमा खड्ग र विभिन्न अस्त्र र शस्त्रले शुसज्जित छ ।

असुरा दैँत्यसँग युद्धमा देवी चन्द्रघण्टाले घण्टाको आवाजले असुराहरुको नाश गरिदिएको शास्त्रमा उल्लेख छ । नवरात्रिको तेस्रो दिन यी देवीको पूजाआरधाना गर्ने गरिन्छ ।

यी देवीको पूजाआरधना गर्दा तेस्रो मणिपुर चक्र जागृत हुने सिद्धियाँ स्वतः प्राप्त हुन जान्छ । सांसारिक कष्टहरुबाट मुक्ति पाउनका लागि देवी चन्द्रघण्टाको पूजा गर्ने गरिन्छ । यसबाट स्पष्टता, आत्मविश्वास र सही निर्णय लिने योग्यता जस्ता गुण प्राप्त हुने विश्वास गरिन्छ ।

प्रकाशित : २०७७ कार्तिक ३ गते ९:४०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI