No ads found for this position

कांग्रेस सांसदलाई दशैं भत्ता फिर्ता गर्न निर्देशन

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक ३ गते ११:३२
No ads found for this position
कांग्रेस सांसदलाई दशैं भत्ता फिर्ता गर्न निर्देशन
No ads found for this position

काठमाडौ  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिएका हुन् ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले  भने, ‘यो वर्षको दशैंभत्ता सरकारलाई फिर्ता गर्ने भनेर हामी संसद सदस्यहरुलाई नेपाली कांग्रेस पार्टीको निर्देशन छ । हामी त्यहीअनुसार गर्छौं ।’

नेता खाँणले अगाडि भने, ‘फिर्ता गरिएको रकम कोभिड नियन्त्रण र जनताको उपचारमा सरकारले खर्च गरोस् भन्ने नेपाली कांग्रेसको आग्रह छ ।’

सरकारले पछिल्लो पटक पीसीआर परीक्षण आफैं गर्न भनेकोमा पनि नेपाली कांग्रेसले विरोध गरेको छ । जनताको ज्युधनको सुरक्षा गर्ने दायित्व सरकारको हुने भन्दै कांग्रेसले यो दायित्वबाट सरकार पन्छिन नमिल्ने जनाएको छ ।

‘अकालमा कसैको मृत्यु नहोस्, सबै नागरिकको जीवन रक्षा होस् । त्यसका लागि सरकारले उत्तरदायित्व र जिम्मा लिनैपर्छ, पन्छिन पाउँदैन,’ नेता खाँणले अनलाइनखबरसँग भने, ‘यो कोभिड–१९ को परीक्षण तथा उपचार गर्ने जिम्मेवारी आम नागरिककै हो भनेर भन्नु पूर्णत गैरजिम्मेवार र जनताप्रति उत्तरदायी नभएको ठहर्छ ।’ उनले यस्तो निर्णय फिर्ता गर्न सरकारसँग माग गरे ।

प्रकाशित : २०७७ कार्तिक ३ गते ११:३२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI