मौसम पूर्वानुमान : प्रदेश १ र गण्डकीका केही स्थानमा हल्का वर्षा

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक ४ गते ८:०२
मौसम पूर्वानुमान : प्रदेश १ र गण्डकीका केही स्थानमा हल्का वर्षा

काठमाडौं। हाल प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, बागमती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकीको एक/दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि प्रदेश १ को एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।

पर्सि प्रदेश १, बागमती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा सामान्य बदली रही राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित : २०७७ कार्तिक ४ गते ८:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI