बडादशैंको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक ४ गते ८:१२
बडादशैंको चौथो दिनः  कुष्माण्डा देवीको पूजा आराधना

काठमाडौं । बडादशैंको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदैछ । ‘कु’ को अर्थ छोटो, ‘ष्’ को अर्थ उर्जा र ‘अंडा’ को अर्थ ब्रम्हाण्डीय गोला । अर्थात् छोटो उर्जाशील ब्रम्हाण्डीय गोलाका रुपमा कुष्माण्डा देवीलाई पूजा गरिन्छ ।

सृष्टिको उत्पत्तिभन्दा अगाडि जब चारैतर्फ अन्धकार थियो तब कुष्माण्डा देवीले यही ब्रम्हाण्डको रचना गरेकी थिइन् । आठ भूजा भएकी कुष्माण्डा देवीलाई अष्टभुजा देवीका नामबाट पनि चिनिन्छ ।

कुष्माण्डाको वाहन सिंह हो । यिनको हातमा कमण्डलु, धनुष, बाण, कमलको फूल, अमृत भरिएको कलश, चक्र र गदा रहन्छ ।

देवी कुष्माण्डाको पूजा गर्दा हाम्रो शरीरको अनाहत चक्र जागृत हुन्छ । उनको उपासना गर्दा शरीरका समस्त रोग र शोक भाग्ने गर्छन् ।

साथै भक्तको आयु, यश, बल र आरोग्यका साथै सबै भौतिक र आध्यात्मिक सुख पनि प्राप्त हुने गर्छ ।

प्रकाशित : २०७७ कार्तिक ४ गते ८:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI