No ads found for this position

इन्डियन प्रिमियर लिगः चेन्नईको प्लेअफ सम्भावना कमजोर

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक ४ गते ८:२४
No ads found for this position
इन्डियन प्रिमियर लिगः चेन्नईको प्लेअफ सम्भावना कमजोर
No ads found for this position

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा डिफेन्डिङ रनर अप चेन्नई सुपर किङसको प्लेअफ पुग्ने सम्भावना कमजोर भएको छ । अबुधाबीमा सोमबार राति भएको खेलमा राजस्थान रोयल्सले ७ विकेटले पराजित गरेसँगै चेन्नईको प्लेअफ पुग्ने सम्भावना कमजोर भएको हो ।

शेख जायद क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय २६ रनको सामान्य विजयी लक्ष्य राजस्थानले १७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा जोस बट्लरले नटआउट रहँदै ७० रन बनाए । चेन्नईका दिपक चाहरले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले  ५ विकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो । रबिन्द्र जडेजाले नटआउट ३५ रन बनाए । यस्तै कप्तान महेन्द्र सिंह धोनीले २८ रन जोड्दा साम करणले २२ रन बनाए ।

राजस्थानका जोफ्रा आर्चर, कार्तिक त्यागी, श्रेयस गोपाल र राहुल टेवाटियाले १–१ विकेट लिए ।

धोनीले आईपीएलमा दुई सय खेल खेल्ने पहिलो खेलाडी बन्ने रेकर्ड राखे पनि टिमलाई यसपालि उद्धार गर्ने सम्भावना भने कम हुँदै गएको छ ।

यो हारले १० खेलमा ६ अंकसहित पुछारमा रहेको चेन्नईको प्लेअफ पुग्ने सम्भावना कम छ । अबका सबै खेल जित्दासमेत १४ अंक हुन्छ । त्यो सम्भावना कम देखिएको छ ।

यता जितसँगै राजस्थानले प्ले अफमा पुग्न सम्भावना जीवितै राखेको छ । राजस्थानले १० खेलमा ८ अंक जोडेको छ । राजस्थान लिगको पाँचौं स्थानमा समेत उक्लिएको छ ।

अंक तालिकामा ९ खेलबाट १४ अंक जोडेको दिल्ली क्यापिटल्स प्लेअफ नजिक पुगेको छ । मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरको समान १२–१२ अंक रहेको छ ।

कोलकाता नाइट राइडर्सको १०, राजस्थान रोयल्सको ८ तथा सनराइजर्स हैदराबाद, किंगस इलाभेन पन्जाब र चेन्नईको समान ६–६ अंक छ ।

मंगलबारको खेल
मंगलबार दिल्ली र पन्जाब खेल्नेछन् । दिल्ली यो खेल जितेर चार खेलअघि नै प्लेअफ सुरक्षित गर्न चाहन्छ । तर पन्जाबलाई पनि प्लेअफ सम्भावना जिवितै राख्न यो खेल जित्नैपर्ने दवाव छ ।

खेल बेलुकी ७ः४५ बजे दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछ ।

प्रकाशित : २०७७ कार्तिक ४ गते ८:२४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI