मध्यविन्दुमा विभिन्न पार्टी परित्याग गरि ६ सय ६३ जना नेपाली काङ्ग्रेस प्रवेश

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक ४ गते १६:२४
मध्यविन्दुमा विभिन्न पार्टी परित्याग गरि ६ सय ६३ जना नेपाली काङ्ग्रेस प्रवेश

कावासोती । नवलपुरको मध्यबिन्दु नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि मंगलबार ६ सय ६३ जना नेपाली काङ्ग्रेस प्रवेश गरेका छ्न ।

नेपाली काङ्ग्रेस मध्यविन्दु नगरपालिका वडा नं १० ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनिहरु नेकपा परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन ।

उनिहरुलाई नेपाली काङ्ग्रेसमा प्रबेश गराउदै कार्यक्रमका प्रमुख अतिथी नेपाली काङ्ग्रेस नवलपुरका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य विष्णु प्रसाद लामिछानेले भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरुलाई राज्यका महत्वपूर्ण पदमा नियुक्त गरेर वर्तमान सरकार भ्रष्टाचारिलाई पुरस्कृत गर्न व्यस्त रहेको आरोप लगाएका छ्न । लामिछानेले कोभिड-19 का बिरामीलाई सरकारले उपचार गर्न सक्दिन भनेर जनता सँग कर माग्ने नैतिक आधार गुमाएको आरोप समेत लगाए ।

यस्तै कार्यक्रमका विशेष अतिथी नेपाली काङ्ग्रेस नवलपुरका नेता विष्णु कुमार कार्कीले सरकार कमिसनको चङ्गुल र संस्थागत भ्रष्टाचारमा रमाएको भन्दै सरकार हरेक क्षेत्रमा पुर्ण रुपमा असफल भएको जिकिर गरे । त्यसै गरि कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस नवलपुरका सचीव बालकृष्ण घिमिरेले सरकार विकास र जनताको पक्षमा काम गर्न छोडेर कात्रोमा पनि कमिसन खान लागिपरेको आरोप लगाए ।

नेपाली काङ्ग्रेस मध्यविन्दु-१० का वडा सभापति अर्जुनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस प्रबेश गरेका नवप्रवेशीहरुले दुईतिहाईको सरकारले जनताका न्युनतम आवश्यकता पनि पूरा गर्न नसकेकाले नेकपा परित्याग गरि नेपाली काङ्ग्रेस रोजेको बताएका थिए । कार्यक्रममा मध्यविन्दु नगरपालिकाका नगर प्रमुख एवं नेपाली काङ्ग्रेसका महासमिति सदस्य चन्द्रबहादुर राना, महासमिति सदस्य भरत भुसाल, तरुण दल नवलपुरका सभापति सुर्य गुरुङ , नेपाल महिला संघ नवलपरासीकि उपसभापति बिमला सापकोटाले मन्तव्य व्यक्त गरेका थिए ।

 

प्रकाशित : २०७७ कार्तिक ४ गते १६:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI