अलपत्र १८ बालकको भारतको गाजियाबादबाट उद्धार, चार दलाल पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक ५ गते ९:३६
अलपत्र १८ बालकको भारतको गाजियाबादबाट उद्धार, चार दलाल पक्राउ
{"caption":"u092au094du0930u0924u093fu0915u093eu0924u094du092eu0915 u0924u0938u094du092cu093fu0930 u0964","photographer":"","alt_text":""}

कावासोती । भारतको गाजियाबादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने संस्थाले भारतीय प्रहरीको समन्वयमा ती बालकलाई उद्धार गरी नेपाल फर्काइएको हो ।

उद्धार गरिएका ती बालक नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका हुन् । वैदेशिक रोजगारीका लागि भन्दै भारत पुर्याइएका ती बालकलाई उद्धार गरेर मङ्गलबार अभिभावकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिए ।

उनका अनुसार रोजगारीका लागि लगिएका ती बालकलाई भारतको गाजियाबादबाट उद्धार गरेर भारतीय प्रहरीले सुनौली नाका हुँदै नेपाल ल्याएर रुपन्देही प्रहरीलाई बुझाएको हो ।

उद्धार गरिएका बालक १४ देखि १८ वर्ष उमेर समूहका छन् । उनीहरुलाई भारत लैजाने चार जना व्यक्तिलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रकाशित : २०७७ कार्तिक ५ गते ९:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI