विश्वकै सबैभन्दा गरिब पूर्व राष्ट्रपति जोस, जीवनशैली अचम्मको

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक ५ गते १७:५६
विश्वकै सबैभन्दा गरिब पूर्व राष्ट्रपति जोस, जीवनशैली अचम्मको

काठमाडौं। जोस मुजीका उरुग्वेका पूर्व राष्ट्रपति हुन् तर उनलाई देखेर कसैलाई पनि उनी पूर्व राष्ट्रपति हुन् र ? भन्ने विश्वास नहुन सक्छ । कारण जोस मुजिका एक गरिब किसानले जस्तो आफ्नो जिन्दगी बाँच्ने गर्छन् ।

समाचार एजेन्सी बीबीसीका अनुसार उनि उरुग्वेको ४० औँ राष्ट्रपति हुदा समेत  एक सामान्य फार्म हाउसमा उनले जीवन व्यतित गरेका थिए । जुन कुनै पनि देशको  राष्ट्रप्रमुखको लागि लगभग असम्भव कुरा हो ।

एक पंक्तिमा उल्लेख गर्दा जोसको जीवन शैली यस्तो छ–एक जीर्ण फार्म हाउसमा निकै कम सुविधाका साथ उनी बसिरहेका छन् । जहाँ कुवाबाट पानी भर्ने गरिन्छ भने आफ्नो कपडा पनि बाहिर खुल्ला स्थानमा धुने गरिन्छ ।पूर्व राष्ट्रपति जोसले भने आफ्नो जीवन शैलीलाई कसैकसैले पागल र सन्की देख्लान् तर यो त जीवन जिउने आफ्नो–आफ्नो तरिका भएको बताउँछन् ।

जोस उरुग्वेका राष्ट्रपति हुदाँ  उनको सुरक्षाको लागि जम्मा २ जना मात्रै प्रहरी अधिकारी रहेका थिए र निजी रुपमा उनको ‘मनुएला’ नामक एक कुकुरले उनलाई सुरक्षा दिने गर्दथियो।

यस्तो होइन कि उरुग्वेको राष्ट्रपतिलाई सुविधा कम दिइन्छ, जोस आफ्नै खुशिले यसरी बसेका थिए । जोसले उरुग्वेको तर्फबाट दिएको आलिशान घर त्यागेर आफ्नी पत्नीको सानो फार्म हाउसमा बसे । जुन राजधानी मोनतेविडियोको नजिकै छ ।

जोस आफ्नी पत्नीको साथमा त्यहाँ बस्छन् र फूलको खेती पनि गर्छन् । जोस राष्ट्रपति हुदा पाउने आफ्नो तलब मध्येबाट ९० प्रतिशत तलब दान गर्दथिए । जुन लगभग १२ हजार डलर हुने गर्छ । उरुग्वेका राष्ट्रपति जोस मुजीका ‘क्युबा क्रान्ति’बाट उदाएका नेता हुन् ।

 उनी सन् २०१० देखि २०१५ सम्म उरुग्वेको राष्ट्रपतिमा चुनिएका थिए । जोस १९६० र १९७० मा उरुग्वेमा भएको गुरिल्ला संघर्षको सबैभन्दा ठूला नेता पनि हुन् । उनले आफ्नो छातीमा ६ पटक गोली समेत खाएका छन् । उनले १४ वर्ष जेल जीवन विताएका छन् ।

प्रकाशित : २०७७ कार्तिक ५ गते १७:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI