सयपत्री फूल : कृषिमा महत्व

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक ५ गते २१:०५
सयपत्री फूल : कृषिमा महत्व
लेखक

विकाश खनाल
सयपत्री फूल अतिथि सत्कार, पूजाआजा र चाडपर्वहरुमा माला बनार्इ मन्दिरहरुमा थुंगा चढाउनको लागी प्रयोग गरिने फूल हो र यो फूल सँग हाम्रो संस्कृति पनि जोडिएको छ। सयपत्री फूल भन्ने बितिकै हामीलाई दशैं तिहारको सम्झना आउछ । फूलले प्राय वरिपरीको वतावरणलाई सुन्दर देखाउनको लागि मानिसले बढी लगाउन रुचाउने गर्दछन् । सयपत्री फूलको भने आफ्नो छुट्टै बिशेषता छ |

नेपालमा फूल खेतिको कुरा गर्नु पर्दा सबै भन्दा खेति हुने फूल भनेकै सयपत्री हो । नेपालमा सयपत्री फूलको खेती तरार्इ तथा म ध्य पहाडका जिल्लाहरुमा सफलता पुर्वक गर्न सकिन्छ । यसको वैज्ञानिक नाम Tagetes sps. हो । यसको खेति मुख्यत: दशैं तिहारको समयमा प्रयोग हुने हिसाबले गरिन्छ यानी कि असार तिर विउ छर्ने गरिन्छ र श्रावणमा सर्ने गरिन्छ | दशैं तिहारमा यो फूल बढी देखिएता पनि वर्ष भरि नै यस फूलको खेति गर्न सकिन्छ ।

सयपत्री जडीबुटीको रुपमा पनि पर्योग हुने गरेको पाउने गरिन्छ । यो प्राय तल उल्लेखित समस्याको लागि पर्योग गरिन्छ |
• पोलेको ठाउमा उपचार गर्न ।
• घाउ चोट लागेको ठाउमा संक्रमण फैलिन नदिन ।
• काटेको ठाउँबाट रगत बग्न बन्द गर्न ।
• किराले टोकेका ठाउमा आराम दिलाउन ।

जडिबुटीको रुपमा मात्र नभएर दिगो कृषिका लागि आजको आवस्यकता “प्रांगारिक खेतीमा “ यसको निकै ठुलो महत्तो रहेको छ | प्रांगारिक खेति एउटा यस्तो उत्पादन प्रणाली हो जसले अनवरत रुपमा माटो, प्रकृतिक, वतावरण तथा मानव स्वास्थ्यको रक्षा गर्दछ । यसले स्थानीय वातावरणमै खारिएका प्राकृतिक पद्धति, जैविक विविधता तथा श्रोत-सम्पदाहरुको प्रयोगलाई वढावा दिन्छ र विभिन्न प्रकारका आयातित तथा हानिकारक सामाग्रीहरुको प्रयोगलाई निरुत्साहित गर्दछ ।
प्राकृतिक रुपमा नै यस्ता धेरै वनस्पतिहरु हुन्छन जसले रोगकिराको महामारीलाई नियन्त्रण गर्छन् जस्तै सयपत्री, नीम, तितेपाती, गोदावोरी आदि । सयपत्रीले रोगकिराको व्यवस्थापन तल उल्लेखि विषयमा आधारित भएर गर्छ:
• जुकाको नियंत्रण (Nematode) ।
• मित्रुजिवहरुको आकर्षण ।
• गोलभेडामा लागने सेतो पुतलीको नियंत्रण गर्न ।

यसले कसरी जुकाको नियंत्रण गर्दछ?

यसमा सल्फरको(sulfur) मात्रा बढी हुनाले ब्याक्टेरियालाई मार्दछ । यसको जराले गर्ने अत्यधिक माइक्रोबियल क्रियाले जमिनका नेमोटोड(Meloidogyne,Pratylenchus) जातका शत्रु कीराहरूबाट अन्य बिरुवाहरूलाई बचाउने हुँदा अन्य बालीसँगै मिसाएर यसको खेती गर्ने गरिन्छ । सयपत्री बोटको जरा, डाठले एक खालको रसायन (alpha- terthienyl) उत्पादन गर्छ जसले जरामा लागने जुकाको जनसंख्यालाई दबाएर राख्छ र तरकारी बालिलाई जोगाउने गर्दछ | सयपत्रीको पनि जात हेरीकन मात्र त्यसले कुन जातको जुकलाई मार्द भन्ने थाहा हुन्छ | जुका प्रतिरोध खालका जातलाई कभर बालीको रुपमा लगाउदा यसले फाइदा गराउछ | सयपत्रीका जात मध्य Tagetes. patula जात अहिलेसम्मकै प्रभावकारी देखिएको छ | सयपत्रीलाई अजै प्रभावकारी बनाउन मूल बालि रोपनु दुई महिना अगाडी लगाउनु पर्दछ | यसको साथै सयपत्रीलाई हरियो मलको रुपमा जमिन तयार गर्ने समयमा नि प्रयोग गर्न सकिन्छ ।

मित्रुजिवहरुको आकर्षण
यसले मित्रु किराहरुलाई आकर्षित गर्छ जस्तै मौरी ,बारुला, होभर फ्लाई, स्त्री स्वभावको खपटे आदि । यी किराहरुले पनि लाई र अन्य हानिकारक किराको नियंत्रण गर्छन् ।

गोलभेडामा लागने सेतो पुतलीको नियंत्रण

सेतो पुतलीले विभिन्न बालीलाई आक्रमण गर्ने गर्दछ । सयपत्री फूललाई छेउ छेउमा अथवा अन्तर बालीको रुपमा मूल बालिसंग लगाउन सकिन्छ | Limonene नामक रसायनले सेतो पुतलीलाई विकर्षण गर्छ र सेतो पुतलीबाट हुने क्षेतिबाट जोगौछ | तर माइक्रोबियल सक्रियताबाट बढ्ने केराउ जाति (लेगुम परिवार) का लागि यो हानिकारक भएकाले केराउ जातिको खेतमा यो रोपिनुहुन्न ।
सयपत्री जस्ता यस्ता धेरै बोट विरुवाहरु छन् जसले यी हानिकारक किराहरुलाई नियन्त्रण गर्न मद्धत पुर्याउछन् र वातावरणलाई पनि सन्तुलनमा राख्छन् |पशुपन्छि आहारामा पनि यस फूलको निकै महत्व देखिन्छ । यस फूल लार्इ सुकाएर धुलो वनाएर कुखुराको दानामा मिसाउनाले कुखुराको फूल (अण्डा) को पहेंलो भाग बढाउन सहयोग पुर्याउछ। यस फूल मानव जातिको लागी अतिनै उपयोगी र वातवरणमा निकै राम्रो भुमिका खेल्ने भएकाले यस खेतिको लागि अझै अनुशन्धान र असल खेति अभ्यासको खाँचो छ । बढ्दै गइरहेको रसायनको प्रयोगले किराहरु अझ शक्तिशाली भइ उपलब्ध रहेको रासायनिक बिषादीले नियंत्रण हुन नसक्ने अवस्थामा पुगेका छन् | त्यसैले यस फूल मानव जातीको लागी वरदान सावित हुने कुरामा दुर्इ मत नै छैन भन्न सकिन्छ ।

(लेखक कावासोती नगरपालिकाको कृषि शाखामा कार्यरत छ्न ।)

प्रकाशित : २०७७ कार्तिक ५ गते २१:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI