No ads found for this position

मोहनडाँडामा बिजुली पुग्यो : उज्यालो हुप्सेकोट अभियानले सार्थकता पाउदै

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक ८ गते १५:३७
No ads found for this position
मोहनडाँडामा बिजुली पुग्यो : उज्यालो हुप्सेकोट अभियानले सार्थकता पाउदै
No ads found for this position

हुप्सेकोट । हुप्सेकोट गाउँपालिका वडा नम्बर ०२ को तल्लो मोहनडांडामा बिजुली बत्ति पुगेको छ । दशैंको बेलामा बिजुली बत्ति बले पछि तल्लो मोहनडांडाबासि फुरुङ्ग छन । हुप्सेकोट गाउँपालिकाको “उज्यालो हुप्सेकोट कार्यक्रम” अन्तरगत उनिहरुको अध्यारो युग विधिवत रुपमा सक्किएको छ र उनिहरुले विकाशको अनुभुती गर्न पाएका छन । हुप्सेकोट गाउँपालिकाको बजेट तथा नेपाल विद्युत प्राधिकरणको प्राबिधिक सहयोगमा बिस्तार गरिएको विद्युत प्रसारण लाईनको शनिबार हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी देबि पाण्डेले उदघाटन गरिन । प्रसारण लाईनको उदघाटन गर्दै अध्यक्ष पाण्डेले यो बर्षको अन्तिम सम्म हुप्सेकोट गाउँपालिकाका सबै गाउँमा विद्युत पुग्ने जानकारी गराईन । ” हामि उज्यालो हुप्सेकोटको अभियानमा छौ । आजबाट यो अभियानले झन तिब्रता पाएको छ ,यो बर्षको अन्तिम सम्म हुप्सेकोटका सबै भेगमा विद्युत पुर्याउनेछौ” । शनिबार उदघाटन गरिएको प्रसारण लाईनबाट ४८ घरधुरी लावान्भित हुनेछन। दशैं लगत्तै माथिल्लो मोहनडांडामा पनि विद्युत प्रसारण लाईनको उदघाटन गर्ने तयारीमा गाउँपालिका रहेको बताईएको छ । अध्यक्ष पाण्डेका अनुसार बर्षको अन्तिम सम्म सम्पन्न हुने गरि हुप्सेकोट गाउँपालिका,नेपाल विद्युत प्राधिकरणको केन्द्रिय कार्यालय तथा गण्डकी प्रदेशको संयुक्त लगानीमा हुप्सेकोटको सबै भेगमा विद्युतीय प्रसारण लाईन बिस्तारको काम अगाडि बढेको छ । विद्युत प्रसारण लाईन उदघाटन कार्यक्रममा नेपाल विद्युत प्राधिकरण कावासोति शाखाका प्रमुख मधुसुधन यादब,ईन्जिनियर बिक्रम श्रेष्ठ,वडा नम्बर ०२ का वडा सदस्य घन बहादुर सोमै लगाएतकाले सम्बोधन गरेका थिए ।

प्रकाशित : २०७७ कार्तिक ८ गते १५:३७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI