No ads found for this position

यौन सम्बन्धले स्वास्थ्यमा फाइदा गर्छ ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १० गते २१:५२
No ads found for this position
यौन सम्बन्धले स्वास्थ्यमा फाइदा गर्छ ?
Shot of a young couple having an intimate moment under the covers
No ads found for this position

वैवाहिक जीवनमा दम्पतिबीचको सम्बन्धलाई प्रगाढ बनाउनका लागि यौनले जसरी महत्वपूर्ण भूमिका निर्वाह गर्छ, ठिक त्यसैगरी  स्वास्थ तथा सौन्दर्यका लागि पनि यौनले प्रभावकारी भूमिका निर्वाह गर्दछ ।

विभिन्न अध्ययन तथा अनुसन्धानबाट प्रँप्त निष्कर्ष के छ भने नियमित रुपमा राखिने यौन सम्बन्धले विभिन्न प्रकारका रोग तथा शारीरिक समस्याबाट छुटकारा पाउन सकिन्छ । यसले खासगरी तनाव, डिप्रेसन, प्रोस्टेट सम्बन्धि समस्याका साथै मोटोपना तथा आस्टियोपोरोसिस जस्ता समस्यामा नियमित यौन सम्पर्कले सकारात्मक फाइदा पुर्‍याउने विभिन्न अध्ययनहरुले प्रमाणित गरेका छन् ।

यौन सम्पर्कमा शारीरिक स्पर्शको भूमिका महत्वपूर्ण मानिन्छ । हुन त प्रेमी-प्रेमिका हुन् अथवा लामो समयपछि भेटिएका दम्पत्ति नै किन नहुन्, एक झलक पाउने बित्तिकै उनीहरुको शरीरमा रासायनिक प्रक्रिया  प्रारम्भ भैसक्छ । त्यसपछि उनीहरुले एक-अर्कालाई गर्ने शारीरिक स्पर्शले उनीहरुलाई आनन्दको उत्कर्षमा पुर्‍याइदिन्छ । हाम्रो दिमागमा एक प्रकारको केमिकल  (फेनिलेथाइलेमाइन अथवा पीईए) हुन्छ, एक-अर्काको शारीरिक स्पर्शले मात्र पनि यो केमिकल तीव्र रुपमा श्राव हुन थाल्छ । प्रेमी अथवा श्रीमान् टाढा भएको बेला अथवा मनमुटाव भएको बेला उक्त रसायनको श्राव बन्द हुन्छ । उक्त रसायनका श्राव बन्द भएको बेला शरीरमा एक प्रकारको निराशा तथा थकान हुने पनि अध्ययनले देखाएको छ ।

यौन सम्बन्धमा चुम्बनको भूमिका पनि महत्वपूर्ण मानिन्छ । यसले दुबैलाई रोमाञ्चित बनाउँछ । विशेषज्ञहरुका अनुसार एक-अर्कालाई चुम्बन गर्दा शरीरमा एपोक्राइन ग्लाडरबाट एक प्रकारको विशेष हार्मोन (रसायन) निस्कन्छ । जसका कारण चुम्बनका क्रममा एक प्रकारको मनमोहक सुगन्ध निस्कन्छन, जसले यूगल जोडीलाई अझ बढि रोमान्टिक बनाउँछ । उक्त हार्मोनले प्रेमी-प्रेमिकाबीचको रोमान्टिक क्ष्ँणलाई अझ रोमान्टिक बनाउन सहयोग पुर्‍याउँछ ।

यौन सम्पर्कको क्रममा शरीरबाट विभिन्न प्रकारका हार्मोनहरु निस्कन्छन्, जसले हाम्रो शरीरलाई स्वस्थ र सुन्दर बनाउन सहयोग पुर्‍याउँछ ।

नियमित यौन सम्पर्क राख्नाले आस्टियोपोरोसिस नाम गरेको रोग लाग्दैन । यौन सम्पर्कले एन्डोफिर्न हार्माेनको मात्र बढ्छ, जसले छाला सुन्दर, कोमल तथा चम्किलो बनाउँछ ।

एस्ट्रोजन नामक हार्माेन  शरीरका लागि चमत्कारिक मानिन्छ, जसले हामीलाई अनौठो सुखको अनुभूति गराउँछ । नियमित तथा स्वस्थ यौन क्रियाकलापमा सक्रिय हुने दम्पतीहरु अरु भन्दा अझ बढि खुशी देखिने काुरण पनि यही नै हो । उनीहरु लामो समयसम्म सुन्दर नै रहिरहन्छन् । त्यस्ता दम्पत्तिहरुमा उत्तेजना, उमंग एवं आत्मविश्वास पनि अरुको तुलनामा बढि नै पाइन्छ । यौन क्रियाकलापबाट टाढा रहने खोज्ने जोडीहरुमा लाज, सञ्कोच, अपराधबोध तथा तनाव तुलनात्मक रुपमा बढी नै पाइन्छ ।

हाम्रो दिमागलाई स्वस्थ, फूर्तिलो तथा तनावरहित राख्न समेत नियमित यौन संसर्ग हुनु अनिवार्य मानिएको छ । बिहानीपख गरिएको यौन सम्पर्कले दिनभरी ताजा राख्न सहयोग गर्ने समेत केही अनुसन्धानहरुको निचोढ छ ।

यौन सम्पर्कको क्रममा फोरोमोन्स नामक एउटा रसायनले शरीरमा एक प्रकारको सुगन्ध फैलिन्छ । उक्त सुगन्धले व्यक्तिको मन र मस्तिष्कलाई अत्यधिक सुख तथा शान्ति प्रदान गर्छ । नियमित यौन संसर्गले मुटु रोग, मानसिक तनाव, रक्तचाप तथा हार्ट एट्याकबाट पनि जोगाउँने विशेषज्ञहरुको ठहर छ ।

यौन सम्पर्क राख्ने क्रममा महिला तथा पुरुषको मुटुको धड्कन बढ्नु,  रक्तचाप बढ्नु, श्वास-प्रश्वासको गति बढ्नु आदि सामान्य कुराहरु हुन् । मस्तिष्कको एउटा अत्यन्त सानो भागलाई लिम्बिक सिस्टम भनिन्छ । उक्त सिस्टम डर, तनाव तथा यौन सम्पर्कबाट सञ्चालित हुन्छ । तनाव भएको बेला अथवा यौन सम्पर्कको क्रममा मस्तिष्कमा नारपाइनफिरन, इपाइनाफिरन र डोपामाइन जस्ता महत्त्वपूर्ण हार्माेनको उत्पादन बढ्छ । यी त्यस्ता हार्मोनहरु हुन्, जसले व्यक्तिलाई सन्तुलित बनाउँछ । ती हार्मोनको काम भनेकै व्यक्तिलाई हरेक अवस्थामा सन्तुलनमा राख्नु नै हुन्छ । खासगरी यी तीन वटै हार्मोनले हाम्रो मानसिक अवस्थालाई पनि सन्तुलित बनाउँछ ।

लामो समयदेखि तनावको जीवन बाँचिरहेका पुरुषहरुमा टेस्टोस्टेरोन हार्माेनको स्तर घट्छ र अक्सिटोसिनको उत्पादन पनि कम हुन थाल्छ । यस्तो अवस्थामा तनावसंग लड्नका लागि यौन सम्पर्कले नै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

पुरुषहरुमा उमेर बढेसँगै प्रोस्टेट ग्रन्थीमा समस्या उत्पन्न हुन थाल्छ । त्यसले पिसाब फेर्नमै समस्या हुन्छ । यद्यपि, नियमित यौन सम्पर्कले यो समस्यालाई निराकरण गर्न सक्छ । यौन सम्पर्कबाट प्रोस्टेट ग्रन्थीको वरपरको मांसपेशीमा तनाव उत्पन्न हुन्छ, जसबाट प्रोस्टेटभित्र रहेको अतिरिक्त द्रव पदार्थ बाहिर निस्कन्छ र समस्या समाधान हुन्छ । तर, त्यसका लागि तपाईर्हरुले यौन सम्बन्धलाई नियमित बनाउनु पर्छ ।

बढिरहेको तौललाई नियन्त्रणमा राख्न पनि यौन सम्बन्धले सहयोग पुर्‍याउँछ । एउटा अनुसन्धानका अनुसार एक पटकको यौन सम्पर्कबाट पाँच सय क्यालोरी घट्छ । हप्तामा तीन पटक यौन सम्पर्कमा सक्रिय भए वर्षभरीमा करिव ७८ हजार क्यालोरी नष्ट हुन्छ । कामसूत्रमा उल्लेख गरिएका आसनहरु प्रयोग गर्नाले एक पटकमा ६५ भन्दा धेरै क्यालोरी नष्ट गर्न सकिन्छ । यौन सम्पर्कको क्रियाकलापले एरोबिक्सको काम समेत गर्छ । यौन सम्पर्कका क्रममा हुने उत्तेजनाले मांसपेशी फैलने र खुम्चने हुन्छ । यो प्रक्रियाले मांशपेशी समेत सुदृढ हुन्छ । एक पटकको यौन सम्पर्क एउटा राम्रो व्यायाम अथवा १०-१२ राउन्डको पौडीको भन्दा प्रभावकारी हुने बताइन्छ ।

विशेषज्ञहरूका अनुसार यौन सम्पर्क राख्ने क्रममा गरिएको चुम्बन पनि मोटोपन घटाउनमा सहयोगी हुन्छ । उनीहरुका अनुसार यौन सम्पर्कको बेला गरिने चुम्बनले करिव ९ क्यालोरी ऊर्जा खर्च गराउँछ । ३ सय ९० पटक चुम्बन गरे आधा केजीसम्म वजन घट्छ ।

महिलाहरुको कम्मर कम्मर दुखाइ, ढाड दुखाइ तथा गर्दन दुखाइमा पनि नियमित यौन सम्पर्कले राहत प्रदान गर्छ । यसबाहेक यसले टाउको दुख्ने, माइग्रेन, मस्तिष्कको नशामा हुने संकुचन, हिस्टेरिया आदिमा पनि राहत प्रदान गर्छ ।

प्रकाशित : २०७७ कार्तिक १० गते २१:५२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI