तीन दिन देशका अधिकांश ठाउँको मौसम सफा रहने

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक ११ गते ९:०६
तीन दिन देशका अधिकांश ठाउँको मौसम सफा रहने

काठमाडौं। हाल प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 

आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सफा रहनेछ। प्रदेश १ का एक/दुई स्थानहरूमा भने हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

महाशाखाका अनुसार भोलि र पर्सि पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागको मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित : २०७७ कार्तिक ११ गते ९:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI