बिहारमा पहिलो चरणको मतदान सुरू

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १२ गते ८:३४
बिहारमा पहिलो चरणको मतदान सुरू

काठमाडौं : भारतको बिहारमा विधानसभा चुनावको पहिलो चरणको मतदान सुरू भएको छ। पहिलो चरणमा १६ जिल्लाका ७१ सिटका लागि आज मतदान सुरू भएको हो। बिहारमा ७१ सिटका लागि १ हजार ६६ जना चुनावी मैदानमा छन्।

कोभिड कालमा भारतमा पहिलो पटक चुनाव हुन लागेको हो। मतदाताले कोभिड नियन्त्रण सुरक्षा अपनाएर मतदानमा सहभागी भइरहेको भारतीय समाचार एजेन्सी एएन्आईले जनाएको छ।

 

 

बिहारमा तीन चरणमा मतदान हुँदैछ। दोस्रो चरणको मतदान ३ नोभेम्बरबाट हुनेछ भने तेस्रो चरणमा १० नोभेम्बरबाट हुनेछ। मतगणना १० नोभेम्बरबाट सुरु हुनेछ। बिहारमा कूल २४३ सीट छन्।

प्रकाशित : २०७७ कार्तिक १२ गते ८:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI