ताइवानमा वैधानिकता पाएपछि सयौँ समलिंगी जोडीको सामूहिक बिहे

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १४ गते २१:१९
ताइवानमा वैधानिकता पाएपछि सयौँ समलिंगी जोडीको सामूहिक बिहे

ताइपेइ : ताइवानमा सैनिक फौजका समलिंगी एक जोडीले ऐतिहासिक समारोहबीच विवाह गरे ।

साथीभाइ र आफन्तका बीच उनीहरुले गरेको यो पहिलो समलिंगी विवाह हो । ताइवान समलिंगी विवाहलाई वैधानिकता दिने पहिलो एसियाली मुलुक हो । जहाँ २०१९ मा समलिंगी विवाहले मान्यता पाएदेखि नै ४ हजार समलिंगी जोडीले विवाह गर्दैछन् । शुक्रबार यहाँ सेनाको आयोजनामा १ सय ८८ वटा त्यस्ता जोडीले पहिलो पटक सामूहिक रुपमा विवाह गरेका हुन् ।

शुक्रबार विवाह गर्ने समलिंगी सैन्य जोडीले आफूहरुले लैंगिक अल्पसंख्यक समुदाय (एलजिबीटी)को प्रतिनिधित्व गरेको प्रतिक्रिया दिए । ‘सेनाभित्र रहेका अरु धेरै लैंगिक अल्पसंख्यक जोडीहरु यसरी नै साहस गरेर बाहिर आऊन् भन्ने आशा गर्छौँ । किनकि, हाम्रो सेना मायाको मामिलामा धेरै खुला दिमागको छ । जहाँ सबैलाई समान व्यवहार गरिन्छ,’ २७ वर्षीय सैन्य लेफ्टिनेन्ट चेन यीङ सुआनले भनेका छन् । चेनले हालै २६ वर्षीया ली ली चेनसँग विवाह गर्दै पहिलो सैन्य समलिंगी विवाहित बन्ने मौका पाए ।

ताइवानको कानुनले लैंगिक अल्पसंख्यक समुदायलाई विवाहको अधिकार दिएपछि अरु जोडीले पनि लैंगिक पहिचान खुलाउन थालेको बताइन्छ ।

प्रकाशित : २०७७ कार्तिक १४ गते २१:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI