मंगलबार पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १६ गते ८:११
मंगलबार पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ। हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आइतबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
सोमबार प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाबाट जारी बुलेटिनमा उल्लेख छ।

महाशाखाकाअनुसार मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ पहाडी भू-भागका १/२ स्थानमा हल्का वर्षा हुनेछ।

प्रकाशित : २०७७ कार्तिक १६ गते ८:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI