गैंडाले आक्रमण गर्दा मुखियाको मृत्युु

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १६ गते १३:२५
गैंडाले आक्रमण गर्दा मुखियाको मृत्युु

डि आर क्षेत्री /देवचुली
पुर्वि नवलपरासी देवचुलि नगरपालिका वडा नं १७ कुलेनि निवासि ६५ वर्षिय जंगिलाल मुखियाकाे गैडाकाे आक्रमणमा परि मृत्यु  भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जवाट आएकाे गैडाले आज विहान करिव ५:४० वजे मुखिया आफ्नाे खेतमा जाने क्रममा गैडाले हानेको थियो । गैडाको आक्रमण बाट घाइते मुखियाको छिमेकीहरुले उद्दार गरेका थिए । गैडाको आक्रमण बाट सख्त घाईते मुखिया लाई चितवन स्थित चितवन मेडिकल कलेज लगिएकाे र उपचारका क्रममा विहान ६:३० बजे मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्ज , शिसवार मध्यवर्ति उपभोक्ता समितिका अध्यक्ष नेत्र वहादुर पाण्डेले जानकारि दिनुभयाे ।

मृतक मुखियाकाे शव पाेष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएकाे र पाेष्टमार्टम पश्चात मृतक मुखियाकाे शव धार्मिक परम्परा अनुसार अन्त्यष्टि गरिने पारिवारिक श्राेतले जानकारी गराएकाे छ । मृतक मुखिया चितवन राष्ट्रिय निकुञ्ज शिसवार मध्यवर्ती उपभोक्ता समिति अन्तरगत रहेकाे नारायणि पुरुष समुहकाे पुर्व सचिव रहेका थिए ।

वन्यजन्तुवाट हुने क्षतिकाे राहत निर्देशिका अनुसार गैडाकाे आक्रमणमा परि मानविय क्षति हुन गएमा मृतककाे परिवारले राहत प्राप्त गर्ने प्रावधान रहेकाे छ ।-File photo

प्रकाशित : २०७७ कार्तिक १६ गते १३:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI