प्राकृतिक चिकित्सालय रजहरमा उपचाररत थप १२ जना कोरोना संक्रमित निको भए

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १६ गते १७:५०
प्राकृतिक चिकित्सालय रजहरमा उपचाररत  थप १२ जना कोरोना संक्रमित निको भए

कावासोती । पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय (अस्थाई कोरोना अस्पताल)बाट आज १२ जना कोरोना संक्रमित निको भएका छन् । शुक्रबार संकलित नमुनाबाट १२ जनाको नतिजा नेगेटिभ आएपछी अस्पतालबाट निको भएका संक्रमितहरुलाई डिस्चाज  गरिएको छ  ।  चिकित्सालयका निर्देशक डा. विनोद पौडेलका अनुसार कार्तिक १४ गते न्याजोफ्यारेजियल संकलन पुन पिसिआर परिक्षणको लागि पोखरा प्रयोगशालामा १२ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
डिस्चार्ज हुनेमा कावासोती नगरपालिका वडा नं ८ का ७  पुरुष , देवचुली नगरपालिका वडा नं १६ का ४ पुरुष  र विनयी त्रिवेणी गाउँपालिका वडा नं ४ का १ पुरुष रहेका छन् ।  चिकित्सालयमा अब  ८ जना मात्र सक्रिम कोरोना संक्रमित रहेका छन्  ।

प्रकाशित : २०७७ कार्तिक १६ गते १७:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI