अवैध सम्बन्ध राखी बच्चा जन्माएर जंगलमा शिशुको शब फाल्ने महिला र पुरुष पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १६ गते १८:५५
अवैध सम्बन्ध राखी  बच्चा जन्माएर जंगलमा शिशुको शब फाल्ने महिला र पुरुष पक्राउ

कावासोती  । अवैध सम्वन्धबाट जन्मेको अन्दाजी ९ महिने शिशुको हत्या गरि जंगलमा शव फालेका पुरुष र महिलालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीको विशेष अपरेशन टिमले जिल्लाको हुप्सेकोट गाँउपालिका वडा नं. ४ का ३९ वर्षीया पुनिसरा गाहा र सोहि स्थानका वर्ष ४२ का टक बहादुर घर्ती मगरलाई पक्राउ गरेको हो ।

गत कार्तिक ४ गते उनिहरुले हुप्सेकोट गा.पा. वडा नं. ४ शिक्षा बोधनी स्कुलटोलको चुवा खोल्सा जंगलमा नाभि नकाटेको साल नाल सहितको अन्दाजी ९ महिनाको (छोरा) शिशुको हत्या गरि शव फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका उनिहरु दुवैजना एउटै गाँउको भएपनि अलग अलग परिवारका हुन ।

पक्राउ परेका दुवैजनालाई नवलपुर जिल्ला अदालत बाट दश दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरी निरिक्षक विशाल तामाङले नवलपुर टाईम्सलाई जानकारी दिए । दुवैजनालाई मुलुकी अपराध संहिता २०७४ भाग २ परिच्छेद १२ को ज्यान सम्बन्धि कसुर अनुसार कार्वाही हुनसक्ने कानुनी व्यवस्था छ ।

प्रकाशित : २०७७ कार्तिक १६ गते १८:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI