आजको मौसम : पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, केही स्थानमा हल्का बर्षाको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १८ गते ७:३३
आजको मौसम : पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, केही स्थानमा हल्का बर्षाको सम्भावना

काठमाडौं :  देशभरको मौसममा प्रभाव देखाउने कुनै पनि उल्लेखनीय मौसमी प्रणाली कायम छैन ।हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग र प्रदेश २ र लुम्बिनी प्रदेशको मौसममा आंशिक बदली रहेको छ ।

त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ ।

त्यस्तै अन्य भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

देशका पहाडी भू–भागहरुका केही स्थानमा हल्का बर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशका पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ ।

त्यस्तै अन्य भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित : २०७७ कार्तिक १८ गते ७:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI