पुर्वी नवलपरासीका तीन वटा स्थानीय तहका प्रमुखलाई कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १८ गते १४:५३
पुर्वी नवलपरासीका तीन वटा स्थानीय तहका प्रमुखलाई कोरोना संक्रमण

कावासोती । पुर्वी नवलपरासीका तीन वटा स्थानीय तहका प्रमुखहरुलाई कोरोना संक्रमण भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पुर्वी नवलपरासीका अनुसार हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवि पाण्डे , गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल र मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर रानालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

अध्यक्ष पाण्डेलाई गत कार्तिक १५ गते, गैंडाकोटका प्रमुख पौडेललाई कार्तिक १७ गते र मध्यविन्दुका प्रमुख रानालाई सोमबार (आज) संक्रमण पुष्टि भएको हो । संक्रमित तीनै जना पालिका प्रमुखको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

जिल्लामा समुदाय स्तरमा संक्रमण तिब्र रुपमा फैलिए पछि जिल्ला सरकारी कार्यालयका कर्मचारी , जनप्रतिनिधि , प्रहरी , शिक्षकहरुमा पनि संक्रमण फैलिदो देखिएको छ । यस अघि पुर्वी नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय पुर्वी नवलपरासीका अनुसार सोमबार साँझ सम्म जिल्लामा संक्रमितको संख्या १हजार ७ सय ४३ पुगेको छ । ४ दय ४८ जना सक्रिय संक्रमित रहेको जिल्लामा २३ जनाको कोरोना संक्रमणले निधन भएको छ ।

 

प्रकाशित : २०७७ कार्तिक १८ गते १४:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI