कोरोना विमाको भुक्तानी एकहप्ता भित्र दिन विमा कम्पनीलाई निर्देशन

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १९ गते ६:५१

विमा समितिले कोरोना विमाको भुक्तानी एक हप्ता भित्र दिन विमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

विमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अर्थमन्त्रालयले कोरोना विमाको रकममा भुक्तानी चाडो भुक्तानी दिन निर्देशन गरे सँगै समितिले विमा कम्पनीलाई उक्त निर्देशन दिएको बताउनुभयो ।

कोरोना विमाको भुक्तानी लागि सबै कागजात पेस गरे पनि समयमा भुक्तानी नपाएको जनगुनासो आएपछि समय तोकेर निर्देशन दिएको कार्यकारी निर्देशक पौडेलले बताउनुभयो । कोरोनाको विमा वापतको भुक्तानी सबै विमा कम्पनीबाट अब एक हप्ता भित्र पाउने उहाँले बताउनुभयो ।

दसैंमा कार्यालय बन्द भएको कारण भुक्तानी नपाएका सबैले छिट्टै भुक्तानी पाउने उहाँको भनाई छ।

प्रकाशित : २०७७ कार्तिक १९ गते ६:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI