निकुञ्जबाट निस्किएको गैँडाले आक्रमण गर्दा एक जना घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २० गते ९:४६
निकुञ्जबाट निस्किएको गैँडाले आक्रमण गर्दा एक जना घाइते

कावासोती । चितवन राष्ट्रिय निकुञ्ज शिसवार मध्यवर्ती उपभोक्ता समिति अन्तरगत देवचुली १७ स्थित गैडातालमा बिहिन बिहान करिव ५ वजेकाे समयमा वर्ष ५० को लिखिराम महत्तो लाई चितवन राष्ट्रिय निकुञ्ज बाट निस्किएको गैडाले घाईते वनाएकाे छ ।

घर नजिकै रहेकाे परालको टाैवामा पराल निकाल्ने क्रममा आक्रमण गरि घाईते वनाएको हाे । घाईते महतोकाे दाहिने र देव्रे खुटटाको साप्राको पछिल्लो भाग र देव्रे हातको कुईनो भन्दा माथिल्लो मागमा चाेट पुगेकाे छ ।

महत्ताेकाे घर गैडाकोट नगरपालिका स्थित भेडावारि रहेको भएता पनि उनी देवचुली १७ स्थित अमर बहादुर गुरौ को घरमा विगत २२ वर्ष देखि कामकाजको हिसावले वसोवास गर्दै आएका थिए । हाल घाइतेको उपचार भरतपुर अस्पतालमा भईरहेको छ ।

यस अघि गत कार्तिक १६ गते ६५ वर्षिय जंगिलाल मुखियाकाे सोही स्थानमा गैडाकाे आक्रमणमा परि मृत्यू भएको थियाे ।

जंगल भित्र याे समयमा घास नहुने र उक्त स्थानहरुमा व्यवसायिक पशुपालन रहेकाे र पशुपालक किसानहरुले लगाएकाे जै , वर्षिम आदि घाँस गैडाले मन पराउने र सहजै पाईने भएकोले साे स्थानमा गैडाकाे विगविगि वढेकाे हुनसक्ने जनाईएकाे छ।-file photo

प्रकाशित : २०७७ कार्तिक २० गते ९:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI