नेपालमा थप ३ हजार ५१ मा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २० गते १६:४१
नेपालमा थप ३ हजार ५१ मा कोरोना संक्रमण पुष्टि
corona

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ४ सय ३० जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ४८ हजार ४ सय ८ पुगेको छ।

आज देशभर ३६ हजार ५ सय १४ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १०५२ पुगेको छ।

प्रकाशित : २०७७ कार्तिक २० गते १६:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI