नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २० गते १६:४७
नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु
corona

नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार ३० जनाको मृत्यु भएको थियो।

गत २४ घण्टामा ३ हजार ५१ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ। कुल संक्रमितमध्ये ३६ हजार ५ सय १४ सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा १३ हजार ६८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै पिसिआर परीक्षणको संख्या १५ लाख ७ हजार १ सय ९० पुगेको छ। हाल १ हजार २ सय ३२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित : २०७७ कार्तिक २० गते १६:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI