विनयी त्रिवेणीको भटुके डाँडामा भिर बाट ट्रिपर खस्दा दुई जनाको ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २० गते १९:५४
विनयी त्रिवेणीको भटुके डाँडामा भिर बाट ट्रिपर खस्दा दुई जनाको ज्यान गयो

कावासोती । पुर्वी नवलपरासीको विनयी त्रिवेणी गाँउपालिका वडा नं ३ भटुके डाँडा सल्लाघारीको पाल्पा सर्दी सडक खण्डमा पाल्पाको ज्यामिरे तर्फ जाँदै गरेको ट्रिपर खस्दा ट्रिपर चालक र सह चालकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका अनुसार ज्यान गुमाउनेमा ट्रिपर चालक बारा सिमराका रामहरि थापा र सोही स्थान बस्ने सहचालक राजेन्द्र चौधरी रहेका छ्न ।

दुर्घटनामा ट्रिपर पुर्ण रुपमा क्षति भएको पुर्वी नवलपरासी प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ कार्तिक २० गते १९:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI