आजको पंचाङ्ग र राशिफल

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २१ गते ७:१३
आजको पंचाङ्ग र राशिफल

आजको पञ्चांग 
आज मिति २०७७ कात्तिक २१ गते शुक्रबार, इस्वीसंवत नोभेम्वर ६ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिक कृष्ण पक्ष चलिरहेको छ ।

adv
adv

सौरमान अनुसार आज कात्तिक कृष्णपक्षको षष्ठी तिथि रहनेछ । आज पुनवर्सु नक्षत्र, विष्कुम्भादि योगमा साध्य, करणमा गर, आनन्दादि योगमा लुम्ब रहनेछ ।

adv
adv
adv

सूर्य तुला राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान २७ घटि १९ पला अर्थात १० घण्टा ५८ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर १९ मिनेटमा विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर १४ मिनेटमा हुनेछ ।

adv
adv

आजको राशिफल
मेषः
 आजको दिन पुण्यार्जन गर्ने रहेको छ । धार्मिक कृत्य सम्पन्न हुनेछ । अध्यात्मिक एवं आस्तिक भावना बृद्धि हुने र मानसिक शान्ति मिल्नेछ । पेशा तथा व्यवसायिक उन्नति पनि हुने देखिन्छ । पौरख गर्न पनि सकिने छ । यात्रा योजना एवं नयाँ कार्यको थालनीको सम्भावनालाई पनि ग्रहले लक्षित गरिरहेको छ । आज यहाँलाई ९ अङ्क र पहेलो रङ्गको प्रयोग फापसिद्ध हुनेछ भने भगवान लक्ष्मीनारायणको श्रद्धाभक्ति तथा दर्शन गर्नु हितप्रद हुनेछ ।

मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार गणेश भगवानको पूजा र सूर्य देवको आराधना गरी लक्ष्मीनारायणलाई गुलियो खिर अर्पण गरेमा राम्रो हुनेछ भने कामहरू समयमा नै सम्पन्न हुनेछन् । मेष राशिवालाले कर्कट, सिंह, वृश्चिक, धनु र मीन राशिवाला व्यक्तिसँग व्यवसाय गर्दा लाभ होला । मेष राशिका व्यक्तिलाई मंगलबार शुभ र आइतबार अशुभ हुन्छ ।

वृषः समय अत्यन्तै खराब छ । विवादास्पद काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला । आफ्नै कमजोरीले चिन्ता बढाउन सक्छ । परिस्थिति अलि संघर्षपूर्ण रहला । बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ नदिन सक्नेछन् । सतर्क हुन आवश्यक छ ।

वृष राशिका लागि शुभ अंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । साथै हरेक दिन गाईलाई रोटी र परेवालाई चारो दिनुहोस् र प्रत्येक बिहान भगवान शिवको दर्शन गरी शुक्रवार शिवलिंगमा साबुदाना अर्पण गर्दा निकै राम्रो हुनेछ । यस राशिका व्यक्तिलाई शुक्रबार शुभ, शनिबार अशुभ हुन्छ ।

मिथुनः आज पनि समय राम्रो छ । समयले राम्रै अवसर दिलाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर र सफलताले पछ्याउनेछन् । टाढिएका शुभचिन्तकहरू नजिकिनाले प्रशन्नता मिल्नेछ । धार्मिक र सेवामूलक काममा सहभागी भइनेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ । समय सही सदुपयोग गर्नुहोला ।

मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । मिथुन राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन र पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ भने प्रत्येक दिन बिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रातो फूल अर्पण गर्दा तपाइँको मनोकांक्षा पूर्ण हुनेछ । मिथुन राशिका लागि बुधबार शुभ र सोमबार अशुभ हुन्छ ।

कर्कटः समय खराव रहनेछ । आज व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । तनावमा  काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ । समयमा गम्भीर नबन्दा व्यर्थैमा दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनुहोला । कामको चाप पनि बढ्ने देखिन्छ ।

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गरेर सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । यस्तै हरेक बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्खनको भोग लगाएमा राम्रो हुनेछ । कर्कट राशिका लागि सोमबार शुभ र बुधबार अशुभ हुने गर्दछ ।

सिंहः समय शुभ छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि मिहिनेत गर्दा प्रशस्त धन आर्जन हुने समय छ ।

सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, शनिबार विष्णुको पूजा गरेर पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । हरेक दिन बिहान सूर्यनारायणको दर्शन गरी रातो गुलाफ हनुमानजीको चरणमा अर्पण गर्दा तपाइँको स्वास्थ्य राम्रो हुनेछ । सिंह राशि भएका व्यक्तिका लागि आइतबार शुभ र शनिबार घात हुन्छ ।

कन्याः आज पनि समय मध्यम खालको छ । बोलेको वचन पुर्याउन नसक्दा अरूले आलोचना गर्न सक्छन् । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । अर्थ अभावले काम रोकिने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ । आक्षेप लगाउनेहरूले दुख देलान् । मानसम्मानमा आघात पुग्न सक्छ । तापनि, शुभचिन्तकहरूको माध्यमबाट स्थितिमा सुधार आउनेछ ।

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएका व्यक्तिहरूले हरियो कपडा लगाउने र गणेश भगवानको पूजा गर्नु लाभदायक हुन्छ । साथै हरेक दिन बिहान भगवान गणेशको दर्शन गरी देवी दुर्गालाई सेतो चामल अर्पण गर्नुहोस् । कन्या राशिका लागि बुधबार शुभ र शनिबार घात हुने गर्दछ ।

तुलाः स्वास्थ्य राम्रो छैन । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । अरूका काममा धेरै समय खर्चनुपर्ला । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । बाध्यताले अलमल्याउन सक्छ । पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ ।

तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामी राशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार लक्ष्मी देवीको पूजा गर्नाले लाभ मिल्नेछ । यस्तै भगवान लक्ष्मीनारायणलाई कमलको फूल अर्पण गरी हनुमानलाई लड्ड् चढाउनु भएमा तपाइँले आँटे ताकेका कामहरु पूर्ण हुनेछ । तुला राशिका लागि शुक्रबार शुभ र बिहीबार अशुभ हुनेछ ।

वृश्चिकः आज पनि परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा दौडधूप गर्नुपर्ला । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ला । टाढाको यात्रा गर्ने अवसर भने प्राप्त हुन सक्ने देखिछ ।

वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । यस्तै व्यापारी महानुभावहरुले भगवान विष्णु मन्दिरमा तुलसी रोपेर यात्रा पूर्व श्रीराम स्तुति पाठ गर्दा राम्रो हुनेछ । वृश्चिक राशिका लागि मंगलबार शुभ र शुक्रबार अशुभ हुनेछ ।

धनुः धनु राशिका लागि आज पनि समय राम्रै रहनेछ । नोकरीमा प्रतिष्पर्धीहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने शत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । बिवादित निर्णयहरु तपाईकै पक्षमा आउँने हुनाले मन प्रशन्न हुनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा आउने हुँदा घर परिवार तथा आफन्तहरु खुशी हुनेछन् । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी हुने योग रहेको ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । यो राशि भएका व्यक्तिले पहेंलो रंगको कपडा लगाउँदा सफलता मिल्नेछ । आफ्ना गुरुलाई सम्मान र गुरुमन्त्रको जप गर्ने बानी बसाल्दा राम्रो हुनेछ । यस्तै हरेक दिन हनुमानजीको दर्शन गरी पिपलमा जल र मिठाई अर्पण गरेर केशरीको टिका लगाउँदा तपाइँको परिवारमा शान्ति छाउनेछ । धनु राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ ।

मकरः आज पनि स्वास्थ्य राम्रो रहनेछ । न्यायिक निर्णय तथा कानुनी फैसलाहरु तपाईकै पक्षमा आउँनेछन् । पढाई लेखाईमा मन जाने हुनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेम झन् कसिलो भएर जानेछ ।

मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा राम्रो हुनेछ । यस्तै हरेक बिहान देवी गायत्रीको दर्शन गरी महत्वपूर्ण काममा जानुपूर्व सेतो फूल साथमै लादा राम्रो हुनेछ । मकर राशिका लागि शनिबार शुभ र मंगलबार अशुभ हुनेछ ।

कुम्भः समय खराब नै रहनेछ । समय अनुकुल नहुँनाले आमा तथा परिवारका सदस्यहरु तपाईदेखि टाढिन सक्छन्, ध्यान दिनुहोला । विद्यार्थीहरुले पढाई लेखाईमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउन गाह्रो पर्नेछ । राजनीति तथा समाज सेवामा अलि बढी गम्भीरता अपनाउनुहोला किनकि आलोचना गर्नेहरु सक्रिय रहनेछन् । सतर्क हुनुहोला ।

कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवको पूजा गर्ने, भोका व्यक्तिलाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ । यस्तै महत्वपूर्ण काम पूर्व केराको बोटमुनी दियो बाली हनुमानलाई मीठा पान अर्पण गर्दा तपाइँले गर्न खोजेका कामहरु पूर्ण हुनेछ । कुम्भ राशिका लागि शनिबार शुभ र बिहीबार अशुभ हुनेछ ।

मीनः समय खराब रहनेछन् । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, नराम्रा घट्ना घट्न सक्छ । प्राकृतिक स्रोत तथा सरकारी धनको सहि परिचालन गर्न नसक्दा आम्दानीका बाटाहरु साघुरा हुँनेछन् । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रनेछ भने मनोबल कमजोर हुने हुँदा अरु प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । प्रेममा एक अर्का बिच बैमनस्यता बढेर जाने योग रहेकोछ भने जीवन साथीसँग अबिश्वास बढेर जानेछ ।

मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपीडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । यस्तै विष्णुलाई केसरीको टिका अर्पण गरेर र आफू पनि लगाउनुहोस् र लक्ष्मीलाई गुलियो प्रसाद अर्पण गर्नुहोस् यसले तपाइँको मनोकामना पूर्ण हुनेछ । मीन राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ ।

प्रकाशित : २०७७ कार्तिक २१ गते ७:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI