सरोकारवाला भन्छन नवलपुरको विकासको गति कछुवा तालमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २१ गते १५:०९
सरोकारवाला भन्छन नवलपुरको विकासको गति कछुवा तालमा

बिबेक भण्डारी/कार्तिक २१
नवलपुर जिल्लामा योजना अनुसारको विकासले गति लिन नसकेको सरोकारवालाहरुले बताएका छन । नवलपुरको कावासोतीमा आयोजना गरिएको बिकास,उद्यमशिलता र संम्भावना विषयमा गरिएको बहसमा बोल्ने अधिकासंले नवलपुरमा गरिएका विकासका योजनाहरुले गतिलिन नसकेको गुनासो गरे । जिल्लाको शिक्षा, स्वास्थ्य ,विकास,कृषि र पुर्वाधारका विषयमा काम गर्ने सरोकारवालाहरुले नै योजना आधारमा गरिएका कम समयमा हुुन नसकेको बताए । आयोजित बहसमा प्रतिनिधिसभा सदस्य तिलक महत,प्रदेशसभा सदस्य कृष्णचन्द्र नेपाली,जिल्लाका थानियतहका प्रमुख एव प्रतिनिधिहरुको समेत सहभागिता रहेको उक्त बहसमा सरोकारवालाहरुले संघ,प्रदेश र स्थानियतहहरुले विकासको चरणलाई प्रथमिता नदिएको बताए । कार्यक्रममा जिल्लामा विकासका योजनामा परेका ठुला आयोजना अन्तरगत हुुप्सेकोटको फलाम खानी,कालिगण्डकी करिडोर, हुुलाकी मार्ग संगै बन्यजन्तु र मानव विच उत्पन्न हुुने द्धन्द जस्ता कार्यहरुमा कुुनै कदम चाल्न नसकेको भन्दै यि विषयमा कहिले र के कार्य प्रगतिभएको छ भन्दै प्रतिनिधि एव प्रदेश सासंदहरुलाई प्रश्न गरेका थिए । यस्तै स्थानियतहरुमा पनि समस्याहरु रहेको स्थानियतहका प्रमुख एव प्रतिनिधिहरुले बताए ।

उनिहरुका अनुसार पालिकाको मुख्य आम्मदानि स्रोतहरु समयमा संकलन नहुुदा विकासका कामहरु गर्न नसकको बताए। एभिन्यूूज खबर र सायरा मिडिया एण्ड इभेण्डको आयोजनामा गरिएको बहसमा नवलपुरको विकासमा आफुहरु लागि रहेको प्रतिनिधि एव प्रदेश सासंदहरुले बताए । कार्यक्रममा बोल्दै प्रदेशसभाका सासंद कृष्णचन्द्र नेपालीलले जिल्लामा जतिपनि विकासका कामहरु आयोजना र योजना गरिन्छ उक्त काममा प्रदेशको तर्फबाट गर्ने हरेक सहयोग गर्दे आएको र आगामि दिनमा पनि गर्ने बताए । प्रतिनिधिसभाका सासंद तिलक महतले केहि समस्याका कारण विकाुसका कामहरु रोकिएका बाहृेक अरु विकासका कार्यमा खटिएको बताए। उनले जिल्लामा १० हजार टन फलाम खानी उत्पादन हुने र अबको उन्पचास वर्षलाई पुुग्ने गरि फलाम उत्पादनका लागि पहल भइ रहेको बताए । कालिगण्डकी करिडोरका लागि करिव पाँच करोडमा ठेक्का लागि सकेको बताए भन्दै साढे ६ किलोमिटर त्रिवेणी दुम्किबास सडकको लागि पनि पहल भएको बताए ।

सासंद महतका अनुसार उक्त मार्ग चितवन राष्ट्रिय निकुञ्ज भित्र पर्ने र यसको लागि युूनेस्कोमा पत्र पठाउनुपर्ने भएको हुुदा यूनेस्कोलाई पत्र पठाउने तयारिमा रहेको जानकारी दिए । अब जिल्लाका चालिस लाख जनताले एकै स्थानबाट संघ र प्रदेश अन्तरगतका कार्यलयको सेवा लिने बताए । नमुना सदरमुक्कामका लागि छुट्याइएको क्षेत्रमा भौतिक विकासका लागि कामहरु भइ रहेको बताए । जिल्लाका कृषिलाई आधुनिकरण तर्फ लैजान पनि लागि परेको भन्दै समग्र विकासमा आफु लागेको बताए । करिव एक घण्टा सम्म आयोजना भएको बहसमा शिक्षा,स्वास्थ्य,उद्योग,कृषि लगायतका क्षेत्रमा काम गर्नेहरुको सहभागिता रहेको थियो । कार्यक्रम पत्रकार प्रकाश ज्ञवाली र रमेश बास्ताकोटीले संञ्चालन गरेका थिए ।

प्रकाशित : २०७७ कार्तिक २१ गते १५:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI