भरतपुर महानगरपालिकाले दियो धुर्मुस सुन्तली फाउण्डेशनलाई थप २ करोड

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २१ गते १७:५१
भरतपुर महानगरपालिकाले दियो धुर्मुस सुन्तली फाउण्डेशनलाई थप २ करोड

चितवन : भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई थप २ करोड प्रदान गरेको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई २ करोड रूपयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
केहि समयअगाडी पनि २ करोड गरी कुल ४ करोड यस आर्थिक बर्षमा महानगर बाट प्रदान भएको छ। भरतपुर महानगरपालिकाले आन्तरिक श्रोतबाट विनियोजित कुल चार करोड रुपैयाँ प्रदान गरिएको हो ।

महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेसनले सन्तोषजनक ढंगले रंगशाला निर्माणको काम अगाडि बढाइरहेकोमा फाउण्डेसनलाई धन्यवाद दिँदै अन्य रकम पनि आवश्यकता र कार्य प्रगतिका आधारमा निकासा गरिँदै जाने बताइन् । उनले रंगशाला निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाउन आग्रह गर्दै संघ, प्रदेश र अन्य निकायहरूले गर्ने आर्थिक सहयोगका लागि पनि आफूले आवश्यक समन्वय र सहजीकरण गरिरहेको बताइन् ।

फाउण्डेसनका अध्यक्ष कट्टेलले पुनः २ करोड रुपैयाँको चेक महानगरले प्रदान गरेकोमा महानगर प्रमुख रेनु दाहाललाई धन्यवाद दिँदै निर्माण कार्यले थप गति लिने बताए । उनले अन्य रकमको बारेमा आवश्यक समन्वय र सहजीकरण गरिदिन समेत आग्रह गरे ।

प्रकाशित : २०७७ कार्तिक २१ गते १७:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI