स्रोत नखुलेको ४० लाख रूपैयाँसहित पश्चिम नवलपरासीका एक जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २१ गते १७:५५
स्रोत नखुलेको ४० लाख रूपैयाँसहित पश्चिम नवलपरासीका एक जना पक्राउ

काठमाडौँ। चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रूपैयाँसहित नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ बस्ने ४० वर्षीय व्यास गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

 

बुटवलबाट काठमाडौँ आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुवाहक बस महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त रकम फेला परेको हो।

 

बसमा सवार गुप्ताले झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार थानमा रहेको उक्त नगद फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित : २०७७ कार्तिक २१ गते १७:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI