अमेरिकी निर्वाचन : बाइडेन र ट्रम्पको इलेक्टोरल कलेज मत बराबर भए के हुन्छ ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २१ गते २०:१०
अमेरिकी निर्वाचन : बाइडेन र ट्रम्पको इलेक्टोरल कलेज मत बराबर भए के हुन्छ ?

वाशिङ्टन । ३ नोभेम्बरमा भएको अमेरिकी निर्वाचनको मतगणना जारी रहेको छ । ४४ राज्यहरुको मतगणना सकिए पनि मुख्य निर्णायक मानिएका ६ वटा राज्यहरुको मतगणना जारी रहेको छ ।

बीबीसीका अनुसार हालसम्म डेमोक्रेटिक उमेदवार जो बाइडेनले २५३ र सत्तारुढ रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल कलेन मत प्राप्त गरेका छन् । राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल मत आवश्यक पर्छ ।

तर, दुबै उमेदवारले २६९-२६९ इलेक्टोरल कलेज मत प्राप्त गर्नसक्ने सम्भावना भने अझै बाँकी रहेको बीबीसीले जनाएको छ । यसका लागि रिपब्लिकन ट्रम्पले एरिजोना, नर्थ क्यरोलिना, नेवाडा र पेन्सलभानियमा जित हात पार्नुपर्ने हुन्छ ।

जर्जियामा बाइडेले महत्वपूर्ण कायम गर्दै लगेका छन् । जर्जियामा अब केही हजार मत मात्रै गणना गर्न बाँकी छ ।

यदि कुनै पनि उमेदवारले बहुमत ल्याउन नसकेको अवस्थामा त्यसपछिको निर्णय अमेरिकन कंग्रेसले गर्नेछ । त्यसका लागि हाउस अफ रिप्रेजेन्टेटिभले राष्ट्रपति चयनका लागि मतदान गर्नेछन् ।

हरेक राज्यका एकजना प्रतिनिधिहरुले एक मत दिन पाउनेछन् । अमेरिकन कंग्रेसका ५० राज्यबाट प्राप्त हुने ५० मतमध्ये २६ मत ल्याउने उमेदवार विजयी हुनेछ ।

हाल ब्याटलग्राउण्ड राज्यहरु अलास्का, एरिजोना, नर्थ क्यारोलिना, नेवाडा, जर्जिया र पेन्सलभेनियाको अन्तिम मत गणना जारी छ ।

मतगणना जारी रहेका राज्यहरुमा एरिजोना, नर्थ क्यारोलिना, नेवाडा र जर्जियामध्ये कुनै दुई राज्यमा जिते डेमाक्रेटिक उमेदवार जो बाइडेन अमेरिकाका आगामी राष्ट्रपति बन्‍नेछन् । उनले पेन्सलभेनियामा मात्रै जिते पनि अमेरिकाको आगामी राष्ट्रपति बन्ने निश्‍चित छ ।

बाइडेनले जर्जियामा महत्वपूर्ण अग्रता कायम गरेका छन् । उनका प्रतिद्वन्द्वी रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पले मतगणना जारी रहेका राज्यहरु मध्ये एरिजोना, नर्थ क्यारोलिना, नेवाडा र जर्जियामा कुनै तीन राज्यसँगै पेन्सलभानियामा जित हात पारे दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्‍ने छन् ।

ट्रम्पले एरिजोना, नेवाडा, नर्थ क्यारोलिना र पेन्सलभेनिया राज्यमा जित निकाले मत परिणाम बराबरी हुनेछ । – बीबीसी 

प्रकाशित : २०७७ कार्तिक २१ गते २०:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI