गैंडाकोटका कोरोना संक्रमितको भरतपुर अस्पतालमा निधन

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २१ गते २०:४४
गैंडाकोटका कोरोना संक्रमितको भरतपुर अस्पतालमा निधन

गैंडाकोटका  एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।  गैंडाकोट  नगरपालिका–१२ बस्ने ८२ वर्षीय पुरुषको आज दिउसो २ बजे मृत्यु भएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभो । कार्तिक ३ गते पेटको आन्द्रामा समस्या भई, अस्पतालमा भर्ना हुनुभएको उहाँमा श्वासप्रश्वासको समस्या भएपछि कोभिड(१९ परिक्षण गर्दा कार्तिक १८ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि सोही दिन कोभिड आइसीयुमा राखी उपचार हुँदै गर्दा आज मृत्यु भएको हो ।

प्रकाशित : २०७७ कार्तिक २१ गते २०:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI