कावासोतीबाट एक युवा बेपत्ता ;खोजी गरिदिन परिवारको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २२ गते २१:४०
कावासोतीबाट एक युवा बेपत्ता ;खोजी गरिदिन परिवारको आग्रह

पूर्वि नवलपरासीको कावासोतीबाट एक युवा बेपत्ता भएका छन । कावासोती नगरपालिका वडा नं. ८ सगरमाथा टोलका १८ वर्षीय देवेन्द्र काफ्ले (पवन) कार्तिक २० गते रातिदेखि परिवारको सम्पर्कमा नआएका हुन ।

घरमा खाना खाएर कोठामा सुतेका उनि सोहि दिन मध्यरात देखि हराएको दाजु पुरुषोत्तम काफ्लेले  जानकारी दिए । पुरुषोत्तमका अनुसार भाईले घरको पछाडीको ढोका खोलेर बाहिरिएका हुन । देवेन्द्रले प्रयोग गर्ने गरेको मोवाईल समेत सोहि दिनदेखि अफ रहेको परिवारले जनाएको छ । उनि हरिहर सन्यास आश्रम देवघाटमा कक्षा ११ मा अध्ययनरत थिए ।

दुईदिन वितिसक्दा समेत हराएका देवेन्द्र घर नआएपछि खोजविन गरिदिन आग्रह गर्दै परिवारले जिल्ला प्रहरी कार्यालय नवलपुरमा निवेदन दर्ता गराएको छ । उनलाई कँहिकतै देखे नजिकको प्रहरी कार्यालय वा मोवाईल नं. ९८६७३००१५२ मा खबर गरिदिन दाजु पुरुषोत्तमले आग्रह गरेका छन । पछिल्लो समय पूर्वि नवलपरासीमा युवा हराउने क्रम बढ्दै गएको छ । यसअघि बेपत्ता भएका गैडाकोटका विन्देश ढकाल र मनोज भट्टराईकोअवस्था हालसम्म पत्ता लाग्न सकेको छैन ।

प्रकाशित : २०७७ कार्तिक २२ गते २१:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI